सीप सिकौँ : स्वावलम्बी बनौँ
नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य प्रविधिको विकास तथा पोषण महाशाखाको उद्यमी/व्यवसायी विकास तालिम कार्यक्रम अन्तर्गत तालिम कार्यक्रम अन्तर्गत १० कार्य दिने अगुवा (एड्भान्स) तालिम कार्यक्रममा सहभागिता प्रयोजनका निमित्त नेपाली नागरिकहरूबाट तपसिल विवरण सहित रितपूर्वक निवेदन आह्वान गरेको छ । सीप सिकेर स्वावलम्बी हुन नेपाल सरकारबाट यस खालका तालिमहरू भइरहेका हुन्छन् । सो तालिमको विषय, तालिमको मिति र समय, तालिमका लागि चाहिने आवश्यक कागजातहरू, अन्तर्वार्ता, नतिजा प्रकाशन र तालिम सुरु हुने मिति निम्नानुसार दिइएको छ ।
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
खाद्य प्रविधि विकास तथा पोषण महाशाखा
बबरमहल, काठमाडौँ
‘खाद्य प्रशोधन प्रविधि एडभान्स तालिम सम्बन्धी सूचना’
यस विभागको खाद्य प्रविधिको विकास तथा पोषण महाशाखाको उद्यमी/व्यवसायी विकास तालिम कार्यक्रम अन्तर्गत तालिम कार्यक्रम अन्तर्गत १० कार्य दिने अगुवा (एड्भान्स) तालिम कार्यक्रममा सहभागिता प्रयोजनका निमित्त नेपाली नागरिकहरूबाट तपसिल विवरण सहित रितपूर्वक निवेदन आह्वान गरिन्छ ।
तपसिल :
१. न्यूनतम शैक्षिक योग्यता : एसएलसी उत्तीर्ण भएको ।
२. पेश गर्नुपर्ने कागजातहरू : नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि ।
(घरेलु खाद्य प्रशोधन उद्योगको दर्ता वा अनुज्ञापत्र भएमा सो को प्रतिलिपी समेत )
३. आइपुग्नुपर्ने अन्तिम मिति : २०७७ साल फागुन ७ गते शुक्रबार भित्र
४. अन्तर्वार्ता मिति : २०७७ साल फागुन ९ गते आइतवार बिहान ११ बजेदेखि दिनको २ बजेसम्म
५. नतिजा प्रकाशन मिति : २०७७ साल फागुन १० गते सोमबार १ बजे
६. तालिम सुरु हुने मिति : २०७७ साल फागुन ११ गते मंगलबारदेखि
नोट : तालिममा छनौट भएका सहभागीहरूका लागि दैनिक भत्ता साथै आवास सुविधा नभएको व्यहोरा जानकारी गराईन्छ । अन्य जानकारी चाहिएमा यस विभागमा नै सम्पर्क गर्न सकिनेछ ।