माघ ५, सुनसरी
“आजको आवस्यकता आत्मनिर्भर सहितको समृद्धि”
भन्ने मुल नारा सहित थालेको राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले प्रदेश नम्बर -१ बाट आफ्नो यात्रा थालनी गरेको छ, प्रदेश -१ अन्तर्गत पर्ने ९ वटा जिल्लाको निर्धारित कार्यक्रम सार्वजनिक गरेको अभियानले सुनसरी जिल्ला, इनरुवा नगरपालिकाको सब्जिमण्डि बजारमा किसानहरु संँग पहिलो परिचयात्मक कार्यक्रम गरेको छ।
किसान संँगको भेटमा अभियान केन्द्रिय संयोजक सुदर्शन बिक्रम कार्किले अब आत्मनिर्भर सहितको समृद्धिको लागि इनरुवा नगरपालिका वा सुनसरि जिल्ला मात्र नभएर सिङै मुलुक लाग्नुपर्ने बताउनुभएको छ।
अभियानले बौद्धिक रुपमा जागरण गर्दै उत्पादनमा केन्द्रित रहेर काम गर्ने पनि बताउनुभयो। सत्ता भनेको नै पिधको बर्ग भएकाले पिधको बर्ग बलियो बनेमा मात्र सत्ता बलियो हुने र सत्ता बलियो हुनु भनेकै राज्य र देश बलियो हुनु हो भन्ने तर्क पनि उहाले राख्नुभएको छ।
किसानको सहभागिताले आफुमा उत्साह थपेको बताउदै अब अभियानले रफ्तार लिनेमा आफुलाई विश्वास लागेको बताउनुभयो। अभियान अन्तर्गतको पब्लिम कम्पनीमा अभियन्ता र किसानको स्वामित्व ४०%/ ४०% भएकाले उत्पादक (किसान) ले अब आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्नेछन। हाम्रो उत्पादन, हाम्रो बजार, समृद्ध बन्ने हामी सबैको रहर भएकाले आत्मनिर्भर सहितको समृद्धि तर्फ आम नेपाली लाग्नुपर्ने बताउनुभयो। नेपाल देशको गरिमा, नेपाली जनताको सर्वोत्तम हित र हरेक नेपाली समृद्ध नहुदा सम्म यो अभियान जारी रहने पनि बताउनुभयो।
कार्यक्रमका केही झलकहरु…
