काभ्रेमा पनि राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान

600
शेयर

पढ्ने समय: 3 मिनेट/-

काभ्रे-२४, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले “आजको आबस्यकता आत्मनिर्भर सहितको समृद्धि” भन्ने मुल नाराका साथ राष्ट्रलाई नै आत्मनिर्भर सहितको समृद्ध देश निर्माण गर्ने उदेश्यले थालेको राष्ट्रिय अभियानले काभ्रेपलान्चोक जिल्ला  कमिटी गठन गरेको छ।

अभियानका केन्द्रिय संयोजक सुदर्शन बिक्रम कार्किको उपस्तिथिमा भएको कमिटी गठनमा जिल्लाका कृषक, अभियन्ता, ब्यापारी साथै अन्य सामाजिक अभियन्ताको पनि उपस्थिति थियो। कमिटी गठनका क्रममा नव कमिटीलाई शुभकामना ब्यक्त गर्दै अभियान केन्द्रिय संयोजक सुदर्शन बिक्रम कार्किले २००७/०४६/०६२-६३ को ठुला क्रान्तिमा हाम्रा तीन पुस्ताले रगत पसिना बगाए पनि पिधको बर्गले कुनै फाईदा लिन नसकेको बताउनुभयो। अभियानमा आबद्ध जुनसुकै नेपाली जनताले पनि त्यागको भावनाबाट अभियानलाई अगाडी बढाउनुपर्ने र जुनसुकै राजनीति पार्टीको आस्था भएतापनी अभियानमा गोलबद्ध बनेपछि राजनीति भन्दा सामाजिक भावले अगाडी बढ्दा मात्र देशलाई आत्मनिर्भर सहितको समृद्धितर्फ अगाडी बढाउन सकिने बताउनुभयो । हामिले राजनीति लाई बुझ्ने मात्र हो अभियानमा रहेर राजनीति गर्ने होइन अभियानले कुनै राजनीति पार्टीलाई वा एउटा बिचारलाई लिएर अगाडी नबढेको बरु आफ्नै खाले बिचार निर्माण गर्दै बिचारलाई उत्पादनमा जोड्न चाहेको बताउनुभयो।

छुट्टाछुट्टै अभियान थालेका साथीहरूलाई पनि संगै मिलेर अगाडी बढ्नुपर्ने साथै उत्पादनमा रहेको बिचौलियाको बिगबिगीलाई अन्त्य गर्न एक दुई प्रयत्नबाट, अलग अलग प्रयत्नबाट तथा प्रतिस्पर्धि प्रक्रियाबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन नसक्ने भएकाले योजनाबद्ध, अन्तरसम्बन्धित, सामुहिक तथा सहयोगात्मक प्रयत्न आबस्यक रहेको बताउनुभयो।

यो पनि पढ्नुहोस  जर्मनीमा बन्दुकधारीको हमला नौ मृत्यु

अभियानका सदस्यहरू सम्मीलित पब्लिक कम्पनी निर्माण भै सकेको र सबै सदस्यहरुले आफ्नो उत्पादनलाई जोड दिदै उपभोक्ताको हितमा रहेर काम गर्ने पनि बताउनुभयो।

अभियन्ता र किसानको स्वामित्व ४०%/ ४०%  भएकाले उत्पादक (किसान) ले अब आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्ने। हाम्रो उत्पादन, हाम्रो बजार, समृद्ध बन्ने हामी सबैको रहर भएकाले आत्मनिर्भर सहितको समृद्धि तर्फ आम नेपाली लाग्नुपर्ने बताउनुभयो। नेपाल देशको गरिमा, नेपाली जनताको सर्वोत्तम हित र हरेक नेपाली समृद्ध नहुदा सम्म यो अभियान जारी रहने पनि बताउनुभयो।

अभियान काभ्रे जिल्ला कमिटीमा संयोजक अनिरुद्र थापा, उप-संयोजक नवराज फुयाल, सचिव सुजिता बैदार र आर्थिक बिभाग, प्रसाद तिमल्सिना को नेतृत्वमा अभियान कमिटी गठन भएको छ।

काभ्रे जिल्ला संयोजक अनिरुद्र थापाले अब नेपालिहरु उत्पादनमा केन्द्रित रहेर अगाडि नबढ्दा सम्म आत्मनिर्भर अर्थतन्त्र बन्न नसक्ने बरु परनिर्भर समृद्धि झांगिदै जाने र अन्तमा स्वाभिमानी नेपाली आफ्नो अस्तित्व भुलेर खाडिमा नै हराउनुपर्ने दिन चाडै आउने बताउनुभयो।
पुन्यकाम गर्नु भनेकै देशको समृद्धिलाई आत्मनिर्भर सहितको बनाउनुपर्ने र एक महिनाभित्र काभ्रे जिल्लाले देशको नमुना उत्पादन थाल्ने र काभ्रेलाई आत्मनिर्भर बनाउदै देशलाई नै आत्मनिर्भर बनाउने तर्फ काभ्रे जिल्ला कमिटी अनवरत रुपमा लाग्ने बताउनुभयो। चाडै नै सबै स्थानीय तहमा कमिटी र उत्पादन युनिट निर्माण गरिने पनि बताउनुभयो

यो पनि पढ्नुहोस  मन्त्री बाँस्कोटाको जवाफ गल्ती गरे सजाय भोग्छु
- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस