आत्मनिर्भर सहितको समृद्दिको यात्रा कीर्तिपुरबाट शुरु

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

आत्मनिर्भर सहितको समृद्धि यात्रा कीर्तिपुर बाट सुरु

काठमाडौ-१५, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले “आजको आबस्यकता आत्मनिर्भर सहितको समृद्धि” भन्ने मुल नाराका साथ थालेको अभियानले किसान र अभियन्ता सम्मिलित पब्लिक लिमिटेड कम्पनी निर्माण गरि उपभोक्ताको हितलाई ध्यानमा राखी आफ्नो कलेक्सन सेन्टर बिधिवत रुपमा संचालनमा ल्याएको छ।
कलेक्सन सेन्टरमा किसानको उत्पादित उत्पादन बजारमा ल्याउनु पुर्व स्टोर गर्ने र पाकेजिङ पश्चात् आउटलेटहरुमा पठाउने जानकारी अभियान बजार ब्यबस्थापन बिभाग प्रमुख उत्सव ढकालले बताउनुभयो।

हाम्रो उत्पादन, हाम्रो बजार, समृद्ध हुने हामी सबैको रहर भन्ने नारालाई आत्मसात् गर्दै हरेक किसानलाई एकीकृत गर्दै उत्पादन संग जोडिएर देशलाई समृद्धिको बाटोतर्फ उन्मुख गराउनको लागि यो अभियान थालिएको र यहि अभियानबाट सिङ्गै मुलुकलाई समृद्ध बनाई विश्वमा नेपालिहरुको नयाँ परिचय दिने लक्ष्य लिएर अगाडी बढेको अभियान केन्द्रिय संयोजक सुदर्शन बिक्रम कार्किले बताउनुभयो।
नेपाली किसानको दुख भनिसाध्य नभएको र उत्पादनको बजारीकरणमा कुनै पनि क्षेत्र वा राज्यले सहयोग नगरेकाले उत्पादन बारिमा नै कुहियर गएको यो अबस्थामा यस्तो अभियानले वास्तविक किसानको दुखलाई सम्बोधन गर्ने र किसान उपभोक्तालाई जोड्ने पुलको भुमिका निर्वाह गर्ने कुरामा हामिलाई विििश्वस लागेको कुरा अभियान किर्तिपुर संयोजक तथा किसान प्रतिनिधि सबिता महर्जनले बताउनुभयो।

यो पनि पढ्नुहोस  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रोबोटद्वारा सेवा

यो अभियान कहिले सम्म चल्छ भनेर सोधिएको प्रश्नमा केन्द्रिय संयोजक सुदर्शन बिक्रम कार्किले नेपाल देशको गरिमा, नेपाली जनताको सर्वोत्तम हित र हरेक नेपाली समृद्ध नहुदा सम्म यो अभियान चल्ने जानकारी दिनुभयो।

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस