अन्तराष्ट्रिय वार्षिक व्यापार उध्यमशीलता चुनौती हल्ट प्राइज हिकाष्टमा आयोजना हुदै

600
शेयर

पढ्ने समय: 3 मिनेट/-


अन्तर्राष्ट्रिय वार्षिक व्यापार उध्य्यमशील चुनौती हल्ट प्राइज २०२०/२१ यस वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत हिकास्ट कलेज मा आयोजना हुन गइरहेको छ। हल्ट प्राइज प्रतियोगिता देश तथा विदेशका विभिन्न कलेजहरुमा सञ्चालन हुन गइरहेको छ। विद्यार्थीको नोवल पुरस्कार भनेर चिनिने यो प्रतियोगितामा विभिन्न किर्याकलाप आधारमा घोषित हुने विजेताहरुका लागि १  मिलियन अमेरिकी डलर पुरस्कारको व्यवस्था रहेको छ। यो अन क्याम्पस कार्यक्रम पहिलो पटक हिकाष्टमा सञ्चालन हुन गइरहेको हो। यस कार्यक्रम सञ्चालनका लागि कामना काफ्ले (क्याम्पस निर्देशक)को नेतृत्वमा १९ सदस्य कमिटी गठन गरिएको छ। हल्ट प्राइज़ एक अन्तराष्ट्रीय खुल्ला पलाटफर्मको साथै ऊर्जावान विद्यार्थीको लागि एक सुनौलो अवसर हो । जो एक उद्यमी, व्यापारी को साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने कोसिस गर्छन । खुल्ला प्लेटफर्म भएकोले हल्ट प्राईज विद्यार्थीहरू को लागि संसारकै ठुलो प्रतियोगिता बनेको छ जसले  विद्यार्थीहरूलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर प्रदान गर्छ र युवापुस्तालाई एक सङ्गालमा समेटेको बिश्व परिवर्तन गर्न उत्प्रेरणा गर्छ । हरेक बर्ष हल्ट प्राइज फाउन्डेसनले दिगो विकास लक्ष्यमा रहेको सामाजिक उद्यमशीलता साथै विद्यार्थीहरूको उत्सुुकताला प्रोत्साहन गर्न चुनौती घोषणा गर्दछ ।यो बर्षको चुनौती “Food For Good”घोषणा भैइसकेको छ। जसमा अनेक चरणहरु अन्तर्गत प्रतियोगीहरुले सोही विषयमा आधारित भएर आफ्नो उध्यमशीलता  बिचार प्रस्तुत गर्नुपर्ने हुन्छ ।हल्ट प्राइज अन्तर्गत ४ चरण हुन्छन् । पहिलो चरण “अन क्याम्पस प्रोग्राम” हो। प्रत्येक क्याम्पस अथवा बिश्वबिद्धालयहरुमा हुने प्रतियोगितालाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको हो। यस प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्दा का लागि ट्रेेनिङ, वर्कसप, सेमीनार आयोजना गरिने छ।”अन क्याम्पस प्रोग्राम”को बिजेताले रिजनल प्रतिशपर्धा को लागि अगाडि बढनु पर्ने हुन्छ ।यो रिजनल प्रतिस्पर्धा हल्ट प्राइज अन क्याम्पसको दोस्रो चरणमा पर्नेछ ।दोस्रो चरणको बिजेतालाई “हल्ट प्राइज दि रिजनल “मा पदोन्नति गरिन्छ । रिजनलका बिजेता “यकसिलेेटर” नामको तेस्रो चरणको कार्यक्रममा प्रतिस्पर्धा गर्न मौका पाउछन्  । यो कार्यक्रम ६ देखि ८ हप्ता सम्म लागु  हुन्छ । हल्ट प्राइजको चैाथो चरण अर्थात अन्तिम चरणमा (acceleration) का बिजेताले ग्लोबल फाइनेस (finance)मा प्रतिस्पधि गर्न UN headquarters मा गएर आफ्नो बिचार प्रस्तुत गर्न मौकाको साथै प्रतिस्पर्धा आफ्नो हात पार्न सफल भएमा आफ्नो उध्य्यम संचालन गर्न १ मिलियन अमेरिकी डलरबाट पुुुरस्कार पााउनेछन् । बिश्वभरीबाट सहभागी हुने यस हल्ट प्राइज प्रतियोगितामा बिश्वका १२१ देशका २५०० भन्दा बढि बिश्वबिद्धालयहरुबाट ३,००,००० भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउने गरेका छन। यस बर्षको चुनौतीको शिर्षक “food for good” रहेकोले हल्ट प्राइज अन क्याम्पस टिमले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभीड-१९ माहामारिको समयमा पनि अन्लाईन को माध्यमबाट हिकाष्ट लगायत विभिन्न क्याम्पस तथा बिश्वबिद्धालय मा जानकारी मुलुक कार्यक्रमहरुको भर्चुअल भेटघाट भई यस कार्यक्रममा हुन गइरहेको प्रक्रिया र ढंग बारेमा छलफल र बहस भैरहेको छ।
यसवपटकको हल्ट प्राइज विश्वव्यापी  महामारी  कोभिड -१९ का कारणले भर्चुअल हुन सक्ने र जस्तो सुकै परिस्थिती आए  पनि ” अन क्याम्पस प्रोग्राम ” सफल  पारेर छाड्ने आयोजकको तर्फबाट कयाम्पस डाइरेक्टर कामना  काफ्लेले जान्कारी दिइन। संचालन समिति अनि क्याम्पस प्रतिनिधिको फर्म खुलिसके पछी सम्बन्धित इच्छूक विद्यार्थीले तोकिएको डेडलाईन सम्म विद्यार्थी फर्म भरी सक्नु पर्नेछ।

यो पनि पढ्नुहोस  चिनियाँ राष्ट्रपति पुगे वुहान, चिकित्साकर्मीलाई हौसला दिँदै काेराेना विरुद्धको लडाइँ जित्न सुझाव
- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस