असोज १०- काठमाडौ, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले किर्तिपुर नगरपालिकामा आफ्नो पहिलो स्थानीय स्तरको कार्यक्रम आयोजना गरेको छ।
किसानसंग प्रत्यक्ष परिचयात्मक नाम दिईएको उत्त कार्यक्रममा झण्डै ४० किसान प्रतिनिधिहरुको उपस्थिति थियो। किर्तिपुर नगरपालिका मेयर, उपमेयर, कृषि अधिकृत साथै सामाजिक ब्यत्तित्व महाविर पुन, प्रा.डा केदार बुढाथोकी लगाएत अन्यको बाक्लो उपस्थितिमा आयोजना गरिएको उत्त कार्यक्रममा बोल्दै महावीर पुनले अब युवाहरुले यसरी नै जागेको खण्डमा मात्र देशले समृद्धिको काचुली फेर्ने बताए। प्रा.डा केदार बुढाथोकी ले सफलताको शुभकामना ब्यत्त गर्दै सरकारलाई नै उछिन्ने गरि योजना लिएर आएका यस्ता युवाहरूको सम्मिलित कार्यक्रम आफुलाई निकै मन परेको र यसरी नै डटेर देश निर्माणमा लाग्न युवालाई हौसला मिलोस भन्दै अनवरत रुपमा तपाईहरु लाग्नुपर्छ भनेर अभियानलाई हौसला प्रदान गर्नुभयो। अभियान कीर्तिपुर संयोजक सबिता महर्जनको नेतृत्वमा आयोजना गरेको कार्यक्रममा अभियान केन्द्रिय संयोजक सुदर्शन बिक्रम कार्की ले यो अभियान नेपालमा बिद्यमान हुँदै आईरहेको भ्रष्टाचार, अनियमितता, जातिय विभेद, लैङ्गिक विभेद, अन्यायको बिरोध मात्र नभएर यिनै समास्याहरु समाधानको लागि वास्तविक युवाले बोकेको यो युगको ठूलो कार्यक्रम हो, साथै यहाँ धेरै भाषणमा समृद्धिको ठुलै बहस भयो, राज्य संचालन गर्ने निकायले राजनीति परिवर्तनको यात्रा सक्किएको र अब आर्थिक क्रान्ति मात्र बाकी भनिरहेको हुदा हाम्रो समृद्धि कस्तो हुने? के यो कुरामा बसह थाल्नु पर्दैन? अब नेपालीको आबस्यकता आत्मनिर्भर सहितको समृद्धि हो भन्दै त्यो निर्माणमा सरकार दिनप्रतिदिन चुक्दै आईरहेको हुदा, युवाहरु आफै जागेर देशलाई समृद्ध बनाउनुपर्ने तर्क उहाले गर्नुभएको थियो, साथै देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्य सहित पहिलो चरणको कार्यक्रम यो अभियानले लिएको र देशब्यापी रुपमा युवाहरुको संगठन निर्माण भई रहेको बताउनुभयो। उपमेयरले शुभकामना दिदै राम्रो काम गरे स्थानीय सरकार सहयोग गर्न आतुर रहेको बताउनुभयो।
कार्यक्रमको समापन गर्दै सबिता महर्जनले आफू आजसम्म किर्तिपुर बासिको सहयोगको लागि विभिन्न संघ सस्थामा जोडिदै काम गर्दै आईरहेको र एक्लै पनि किर्तिपुर बासिको सेवामा समर्पित रहेको तर अब एक्लै भन्दा पनि यो आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानले लिएको बाटो स्पष्ट र सरल भएकाले आफू यो महाकार्यबाट छुटिन्छ कि भन्दै हतार-हतार यो अभियानलाई अगाडी बढाउन किर्तिपुर किसानको गाडिको स्टेरिङमा बसेको बताउनुभयो। अब यो गाडी हिड्न लागेकाले परिवर्तन र समृद्धि सामुहिकतामा चाहाने सम्पुर्ण कीर्तिपुरबासी एकजुट भएर अगाडी बढ्न अपिल गर्नुभयो।
डा. आयरा


बीउ विशेषज्ञ डा केदार बुढाथोकी कीर्तिपुर कृषि बजार किसान समुह प्रतिनिधि अभियन्ता रामहरि रिमाल अभियनता सुनीति र कृषि बिध्यार्थी कामना किसान डाटा कलेकसनको तयारीमा कीर्तिपुरकी उपमेयर सर्स्वति खड्का