नेपालमा कृषि इन्जिनियरको पीडा :भन्छन् जागीर छैन

आत्मनिर्भर बन्न जनशक्ति उचित प्रयोग जरुरि छ

600
शेयर

पढ्ने समय: 3 मिनेट/-

नेपाल कृषिप्रधान देश हो। नेपालमा मात्र होइन, कृषि सिङ्गो मानव जातिको सबैभन्दा पुरानो मध्यको एक जिबनयापन गर्ने विधि हो। हामिले कृषि पेट भर्नको लागि मात्र गरिने पेसा हो भन्ने बुझ्दछौ र हो पनि किनकी यो पुरानो पेसा हो। मानिस यस्तो प्रा‍णी हो यो जहिल्यै उत्कृष्टता तर्फ अगाडी बढेको छ। कृषि यस्तो आबस्यक पेसा हो जसबाट माफु मात्र होइन सिङ्गै मानिस जातिलाई ब्यबस्थित जिबनयापन गराउन सकिन्छ तरपनी मानिसले कृषिलाई सामान्य पेसा मान्द्छ अहिले हामी नेपाली स्वयंम कृषिलाई केवल जिबिकोपार्जन र सबैभन्दा निकृष्ट पेसा मान्दछौ झन युवामा त्यो ब्याप्त छ भन्दा पनि फरक पर्दैन। तर केही युवाको मेहनत देख्दा भोलि नेपालको कृषि पेसाको भबिष्य साथै सिङ्गो मुलुकको अर्थतन्त्र उज्वल हुन्छ भन्ने कुरा सहजै भन्न सकिन्छ। तरपनि नेपालले कृषिबाट कुनै लाभ लिन सकेको छैन। राज्य स्वयम् यो कुरा अनुत्तरित छ। युवाहरुको ध्यान यसमा छैन कृषि पढ्ने धेरै विद्यार्थी अर्को मुलुकमा भबिस्य खोज्दै छन केही यतै सकिनसकी गर्दै छन राज्य संचालन गर्ने पार्टी का मानिस कृषिमा बजेट केवल आफ्नो कार्यकर्ता पाल्ने एउटा राम्रो बहाना बनाएर दोहन गरेको मात्र छ। राज्यको गैरजिम्मेवारी कै कारण आज कोहि बिदेश, कोहि यतै हल्लिदै, कति जागिर खादै, भनौ ७०% भन्दा बढी कृषि बिद्यार्थी बेरोजगार र पेन्डुलम छन।

एउटा कृषि बिद्यालयलाई मात्र हेर्ने हो भने बिगत २० वर्षदेखि IOE अन्तर्गत पुर्वान्चल क्याम्पसमा मात्रै अध्यापन भइरहेको कृषि इन्जिनियरिङको उत्पादन स्वरुप वार्षिक ४८ जना दक्ष कृषि इन्जिनियर निस्कन्छन् । उनिहरु जागीर को खोजीमा भौतारिन्छन तर जागीरको कुनै अत्तो पत्तो छैन । कृषि इन्जिनियरिङ दोश्रो वर्ष अध्ययनरत विद्यार्थी सुदिप ढुंगाना (अनुवाद) भन्छन् “हामीले पढ्नु मात्रै होला जस्तो छ । लोकसेवाले गरेको बिज्ञापनमा हामी कृषि इन्जिनियरलाई भन्दा Bsc.Ag लाई मान्यता दिन्छ ।अस्ति प्रदेश ५ को कृषि तथा भुमि व्यवस्था मन्त्रालयले कृषि अधिकृत का लागिआह्वान गरेको बिज्ञापन मा कृषि इन्जिनियरले पनि फारम भर्न पाउने भनी लेखिएको थियो तर भोलिपल्टै त्यहाँका अधिकारीले यो पदका लागि कृषि इन्जिनियर योग्य नभएको कुरा जानकारी गराए कस्तो नमजा भयो ।”

यो पनि पढ्नुहोस  अफ्गानिस्तानमा अन्धाधुन्ध अस्पतालमा गोलि प्रहार

उनी मात्रै होइन कृषिमात्र पनि होइन सुन्दर भविस्य कल्पेका सबै क्षेत्रका सयौं विद्यार्थीको हालत दयनिय छ।
राज्यले ब्यबस्थित संगठित ढङ्गले विद्यार्थीको सदुपयोग गर्न सकेको छैन।
यदि कृषि क्षेत्रको बिकास गर्ने हो भने उत्पाद्न बढाउन र कृषिमा आधुनिकरण ल्याउन सरकारले कृषि इन्जिनियर हरुको को भुमिकालाई नजरअन्दाज गर्नु हुदैन। सरकारले बेलैमा उचित योजना बनाई कृषि क्रान्तिका लागी कृषि इन्जिनियर बाट ठुलो सहयोग लिनु पर्दछ ।
सरकारले सकेसम्म एक पालिका एक कृषि इन्जिनियर को अवधारणा ल्याउनु पर्दछ । यदि सकिन्न भने कृषि ज्ञान केन्द्र ,प्रदेश कृषि मन्त्रालय ,केन्द्रिय कृषि मन्त्रालय ,सिचाइ बिभाग ,नार्क तथा अन्य NGO/INGO मा कृषि इन्जिनियरको भुमिका स्थापित गराउनु पर्दछ ।
यदि ती निकायमा काम गर्न कृषि इन्जिनियरको योग्यता नपुगेको भए पाठ्यक्रम नै परिमार्जन गरि योग्य बनाउनु पर्दछ । यसरी लाखौं युवाहरूलाई शैक्षिक बेरोजगार बनाउन पाइदैन ।
उत्पादन को क्षेत्रमा अभियान थालेको “राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालका संयोजक सुदर्शन बिक्रम कार्की भन्नुहुन्छ- कृषि क्रान्ति नेपाल जस्तो देशमा आजको महत्वोपुर्ण आबस्यकता हो। यस्का लागि समन्धित कृषिका विद्यार्थी, कृषि गर्दै गर्ने अभिभावक, व्यावसायिक कृषिमा लाग्ने सम्पुर्ण ब्यबसायी, युवा बर्ग एकजुट भएर संगठित, सहयोगात्मक भाबले बिज्ञान प्रबिधिको प्रयोग गरेर समाजवादी प्रवृत्तिले अगाडी बढ्नुपर्ने हुन्छ त्यसो हुदामात्र नेपाल अर्थतन्त्रमा आत्मनिर्भर हुन्छ, देशले मुहार फेर्छ कृषि पेसामा सम्मान बढ्छ। अब देशमा कृषि क्रान्ति आबस्यक छ। इन्जिनियरहरुले शसक्त ढंगले संगठित भएर सबैलाई भाबनामा जोडाएर एउटा नयाँ नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ।

यो पनि पढ्नुहोस  रुसले बिकास गर्यो " एबिफ्याबिर" नाम गरेको कोरोना बिरुद्द औषधि

विद्यार्थीको पीडा जागिर खोज्दै भौतारिदै छ। राज्य पुरै गैरजिम्मेवार छ। अब कृषि इन्जिनियरको पीडा सम्बोधन गर्ने कस्ले? यो आजको सरकारको लागि थप एउटा चुनौती हो।

डा आएरा

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस