स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकै स्वरमा आफूहरूले पार्टीलाई अप्ठ्यारोबाट जोगाएको बताएका छन्।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली प्रसन्न मुद्रामा थिए। उनले लामो बोलेनन्। करिब सात मिनेट भाषणमा आफू र प्रचण्ड मिलेर अघि बढ्ने जानकारी गराएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए।

‘केही बिग्रेको थियो, त्यसलाई कार्यदल गठन गरेर मिलायौं,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले सेतोपाटीसँग भने, ‘अब मिलेर अघि बढ्ने हो। हामीले आपसी कार्यविभाजन पनि मिलाएका छौं।’

कार्यदलले धेरै मिहिनेत गरेर प्रतिवेदन तयार पारेको उल्लेख गर्दै ओलीले अगाडि भने, ‘पार्टी एकताका लागि प्रयास गर्ने सबैलाई धन्यवाद छ। हामी सबै मिलेर यो पार्टी जोगाउनुपर्छ। मलाई चिकित्सकले भीडमा धेरै नबस्नू भनेका छन्। त्यसैले म धेरै समय बस्दिनँ। बैठक प्रचण्डजीले चलाउनु हुनेछ।’

ओलीपछि बोलेका अर्का अध्यक्ष प्रचण्डले पनि उनकै शैलीमा आफ्ना धारणा राखेका थिए। उनले दुई अध्यक्षबीच असहमति हुँदा कति असजिलो हुने रहेछ भन्ने दुवैले थाहा पाएको बताए।

‘मैले उदघाटनमै भनेको थिएँ, यो बैठक अप्ठ्यारो परिस्थितिमा हुँदैछ। नेतृत्वले एजेण्डा नलिइकन बैठक बोलाउँछ भने त्यो राम्रो होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै अर्का स्थायी कमिटी सदस्यले भने, ‘आगामी दिनमा नेतृत्व तयारीका साथ आउनेछ। यसअघि लिखित प्रस्ताव नभएर समस्या भएको थियो। हामीले सबै समस्या समाधान गर्ने कोशिस गरेका छौं।’

यो पनि पढ्नुहोस  कारागार सार्न सिफारिस

प्रधानमन्त्री ओलीले कोभिड-१९ मा सरकारले गरेको तयारी, बाढीपहिरो लगायत विषयमा पनि बाेलेका थिए। प्रचण्डले भने सरकारको काम-कारबाहीबारे कुनै टिप्पणी गरेनन्। उनले बैठकको समापनमा महाधिवेशन तयारीमा बढी जोड दिएका थिए।

‘कोभिडले अप्ठ्यारो पारेन भने चैतमा महाधिवेशन गर्ने भनेर उहाँले भन्नुभयो। दुई अध्यक्षबीच असमझदारी हुँदा कस्तो हुँदो रहेछ भन्ने राम्रोसँग बुझिएको छ, अब हामी दुई जनाले मिलाएर लैजान्छौं भनेर प्रचण्डले भन्नुभएको छ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘कतिपय अवस्थामा संसद विघटन हुन्छ कि, पार्टी फुट्ने हो कि, संकटकाल लाग्ने हो कि भन्ने आशंका उत्पन्न भए। त्यसको मुख्य जड हामीबीच सहमति नभएर हो भनेर प्रचण्डले भन्नुभयो।’

‘दुई अध्यक्षको आजको जस्तै भाव पछिसम्म आउँछ कि आउँदैन भन्ने मूल कुरा हो। यो कायम रह्यो र प्रस्तावमा आएका विषय कार्यान्वयन भयो भने पार्टी अघि बढ्छ। नत्र फेरि उही ठाउँमा फर्किन्छ,’ ती सदस्यले भने।

श्रोत: setopati

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नारायणकाजीको भनाई

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस