मानवता

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

रंगिन चस्मा लगाएर 

असत्यको पदचाप पछ्याउँदै 

मानव सभ्यताको पाठ पढ्न बिर्सिएर

हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा

नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा

खै कहिले पलाउलान् ?

सकारात्मक सोचका पालुवाहरु !

अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर 

दरिद्र सोचाइहरुमा रमाएर 

छुद्र बोली बोल्दै

भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै

बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट 

खै कहिले निस्किएलान् ?

महझैँ गुलिया शब्दहरु !!

अन्यायको अँध्यारो सुरुङबाट 

उद्दारको प्रतीक्षामा थरथरी काप्दै 

सहारा मागीरहेका हातहरुलाई

गरिबीले थकित भएकाहरूको आर्तनादलाई 

सुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुले

खै कहिले हटाउलान् ?

वर्गीयताको तुलोमा जोखिने बिभेदहरु !

मेहनत रोपी पौरख फलाउनेहरुमाथि 

रजाइँ गरेर

हीनताबोधको हिलो छ्याप्दै 

ठालु पल्टिनेहरुले

आत्मीयतालाई कुल्चिदै अस्वस्थ प्रतिस्पर्धामा

धनको गुलियो वरिपरि 

यो पनि पढ्नुहोस  सोह्र श्राद्ध : श्राद्ध नगरे के हुन्छ ?

फनफनी घुमिरहेकाहरुले

विवेकका अग्ला अग्ला शिखरहरू !!

खै कहिले चढ्लान् ?

मुकुन्द कृष्ण थापा खोटाङ(मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  काठमाण्डौका सडकमामा रहेका खाल्डा–खुल्डी पुरदै सडक विभागका कर्मचारीहरु

यो पनि पढ्नुहोस