कोरोना भाइरसको उत्पत्ती, विकास, लक्षण र उपचार

डा. उज्वल न्यौपाने

600
शेयर

पढ्ने समय: 5 मिनेट/-

१) के हो कोरोना ?

कोरोना भइरस एउटा आर.एन.ए. ९च्ल्ब्० भाइरसहरुको समुह हो, जसले पंक्षी तथा स्तनधारी जीवहरुमा विभिन्न रोगहरु उत्पन्न गराउछ । मानिसमा कोरोना समुहको भाइरसहरुले सामान्य रुघाखोकी देखि घातक स्वासप्रस्वास सम्बन्धी रोगहरु निम्त्याउने गर्छ । कोरोनाले गराउने घातक रोगहरुमा सार्स ९क्ब्च्क्०, मर्स ९ःभ्च्क्० र अहिले देखा परेको कोभिड–१९ ९ऋइख्क्ष्म्(ज्ञढ० पर्दछन । विभिन्न जीवहरुमा कोरोनाको लक्षणहरु भिन्न भिन्न हुन सक्दछ । कोरोना भाइरस पहिलो पटक १९३० मा कुखुरामा देखिएको थियो । मानिसमा भने पहिलो कोरोना भाइरस १९६० मा भेटिएको थियो । यो भाइरस देखिएको एक शताब्दी पनि नभएको भएतापनि यसको उत्पत्ति भने ८००० बि.सि. ९डण्ण्ण् द्य। ऋ।० तिर नै भएको अनुमान गरिएको छ ।


२) सार्स कोरोना भाइरस –२ के हो ?


कोरोना भाइरस रोग सन् २०१९ (कोभिड–१९) पहिलो पटक वुहान, चीनमा गम्भिर स्वासप्रस्वास सम्बन्धि रोग भएको बिरामीमा देखिएको थियो । सन् २०१९ को डिसेम्बरको दोस्रो साता देखापरेको यो भाइरसलाई सार्स कोरोना भाइरस–२ ९क्ब्च्क्(ऋइख्(द्द० भनेर बैज्ञानिक नाम दिइएको छ । पहिलो पटक देखिएको यो भाइरसले यो लेख तयार गर्दैगर्दा सम्म १ करोड ६५ लाख भन्दा बढीलाई संक्रमित बनाइसकेको छ भने ६ लाख ५० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन । नेपालमा भने हाल सम्म १८ हजार ५ सयभन्दा बढी जनालाई रोग लागेको तथा ४५ जनाले ज्यान गुमाइसकेको अवस्था छ । सजिलै एक अर्कामा सर्न सक्ने र बृद्ध तथा विभिन्न स्वास्थ समस्या भएका विरामीलाई सजिलै गम्भिर अवस्थामा पु¥याइदिन सक्ने क्षमताले गर्दा यो भाइरसलाई विश्वभर गम्भिर रुपमा लिइएकोछ । महामारी गराउने नोभेल कोरोना भाइरसमा सार्स र मर्स पछि यो सार्स–कोभी –२ भाइरस तेस्रोमा पर्दछ । देखापरेपछि यो भाइरसमा विभिन्न उत्परिवर्तन आएर अहिले झन शक्तिशाली हँुदै गएको वैज्ञानिकले अनुमान गरेकाछन् ।

३) यो रोग कसरी लाग्छ ?

वैज्ञानिकहरुले धेरैजसो कोरोना भाइरस चमेरामा पाइने आंकलन गरेका छन र यो कोभिड–१९ गराउने भाइरस पनि चमेरोबाटै सरेको अनुमान गरिएको छ । यो संक्रमित ब्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट अर्को ब्यक्तिमा सर्दछ । यी छिट्टाबाट भाइरस विभिन्न सतहमा रहेर पनि ती स्रोतबाट एक अर्कामा सर्न सक्छ । जनावरबाट भने मानिसमा सर्ने नसर्ने यकिन केही प्रमाण फेला परेको छैन ।


४) लक्षण के के हुन्छन ?

अधिकांस संक्रमित व्यक्तिमा सामान्य रुघाखोकी ,शारीरिक थकान तथा ज्वरो देखिन्छ र कुनै औषधीउपचार विना नै आफैं निको हुन्छ । संक्रमण भएको २ दिन देखि १४ दिन सम्ममा सामान्यतया विभिन्न लक्षण देखिन सक्छ र यो अवधिलाई इन्कुबेसन समय भनिन्छ । यो समयमा देखापर्ने लक्षणहरुमा कामज्वरो, स्वास फेर्न गाह्रो हुने, थकान, मांसपेसी दुख्ने, गल्ने, टाउको दुख्ने, जिब्रोको स्वाद लिने शक्ति र नाकको सुङ्ने शक्ति कम हुने, नाक बन्द हुने, वाकवाक लाग्ने, घाँटी खसखस गर्ने, वान्ता आउँने, पखाला लाग्ने आदी पर्दछन । बृद्ध तथा पुरानो रोग जस्तै ः– चिनीरोग, मुटु सम्बन्धि रोग, फोक्सोको रोग भएका विरामीलाई यो भाइरसले जटिल समस्याहरु निम्त्याउन सक्छ । न्युमोनिया, तीब्र स्वासप्रस्वास प्रणाली फेल हुले, ए.आर.डि.यस. ९ब्च्म्क्० जस्ता जटिलता केही बिरामीमा आउन सक्छन । जसका लागि आस्पताल सेवा अत्यावश्यक हुन्छ र गहन देखभाल इकाई (आई.सी.यु.) अन्तर्गत राखी भेन्टिलेटर समेत प्रयोग गर्नुपर्ने हुनसक्छ । यी जटिलता देखापर्नेमध्ये २५–४५ प्रतिशतले ज्यान गुमाउन सक्ने समेत तथ्याँकले देखाएको छ । तसर्थ सी.डी.सी. ले स्वासप्रस्वासमा समस्या, छाती दुख्ने, ओठ निलो हुने तथा कोरोनाका अन्य शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ संस्थामा सम्पर्क गर्न अनुरोछ गरेको छ ।

यो पनि पढ्नुहोस  कोरोना उपचार अस्पतालका चिकित्सक र कर्मचारीलाई शतप्रतिशत भत्ता


५) जाँच के छ त ?

कोभिड – १९ को जाँज गर्न कनोरोना बिरुद्ध शरीरले उत्पादन गर्ने एन्टिबडीको माध्यमबाट गरिन्छ । यसका लागि धेरै जाँचहरु छन् । नेपालमा भने पी.सी.आर. अथवा आर.डी.टी. बाट कोरोना जाँच गर्न सकिन्छ । पी.सी.आर. परिक्षणको लागि घाँटीको पछिल्लो भागबाट स्वाब लिएर जाँच गरिन्छ । आर.डी.टी मा कुनै भाइरसले उत्पादन गर्ने एन्टीजेनको मात्रा जाँच गरिन्छ । लक्षण दाखिएका बिरामी, पोजिटिव केसको सम्पर्कमा आएका व्यक्ति, स्वास्थकर्मी, क्वारेन्टाइनमा राखिएका बिरामीमा पी.सी.आर. जाँच गरिन्छ । सम्भावित कोरोनाको विरामीको सेवामा अग्रपंक्तिमा कार्यरत सबै स्वास्थकर्मीमा आर.डी.टी. जाँच गरिन्छ र पोजिटिव आएमा पी.सी.आर. गरिन्छ । हाल सम्म स्वास्थ मन्त्रालय अन्तर्गत टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बिभिन्न प्रादेशिक अस्पतालहरु र सरकारले तोकेका सरकारी अस्पतालहरुमा यी जाँचको ब्यबस्था गरिएको छ । पी.सी.आर. पोजेटिव देखिएका तर सामान्य लक्षण भएका बिरामीलाई देशभरका बिभिन्न क्वारेन्टाइनमा राखिन्छ । साथै संबेदनशिल बिरामीलाई भने आइसोलेशन वार्डमा राखि आवश्यक उपचार गरिन्छ । पोजेटिव देखिएका बिरामीको ३ वटा जाँच नेगेटिव आएपछि रोगमुक्त घोषणा गरि डिस्चार्ज गरिन्छ ।

यो पनि पढ्नुहोस  क्षयरोगको खोप(BCG) लागू गरेका देशमा कोरोना बाट संक्रमण र मृत्युदर १० गुणा कम।


६) उपचार के छ त ?

कोरोना भाइरसको रोकथामको लागि एफ.डी.ए. प्रमाणित कुनै औषधी छैन तर हरेक दिन बिश्वभर बिभिन्न संस्थाले औषधी तथा खोप पत्ता लगाउन नयाँ नयाँ अध्ययन अनुसन्धान गरिरहेका छन् । यस भाइरसको निवारणका लागि विभिन्न औषधीहरुको प्रयोगको अध्ययन अन्तर्गत क्लोरोक्विन ९ऋज्ीइच्इत्तग्क्ष्ल्भ्० तथा हाइड्रोक्सिन–क्लोरोक्विन ९ज्थ्म्च्इह्थ्ऋज्ीइच्इत्तग्क्ष्ल्भ्०, रेम्डेसिभर ९च्भ्ःम्भ्क्क्ष्ख्क्ष्च्०, आइभरमेक्टिन ९क्ष्ख्भ्च्ःभ्ऋत्क्ष्ल्० आदीको अध्ययनमा सकारात्मक नतिजा देखिएको छ । अध्ययन अनुसार मलेरियामा प्रयोग गरिने क्लोरोक्विन औषधीले कोरोना लाग्न नदिने तथा रेम्डेसिभर नामक औषाधीले भाइरसको प्रजनन्मा बाधा पु¥याएर रोगको निवारण गर्न सहयोग पु¥याउने देखिएको छ । त्यसैगरि एच.आई.भी. मा प्रयोग गरिने लोपोनाभिर ९ीइएक्ष्ल्ब्ख्क्ष्च्० र रीटोनाभिरको ९च्क्ष्त्इल्ब्ख्क्ष्च्० मिश्रणले भाइरसको जनशक्ति कम गरि लक्षणमा सुधार ल्याउन सक्ने देखिएको छ । साथै भाइरसको प्रजनन्का लागि चाहिने आर.एन.ए. लाई नष्ट गर्नसक्ने क्रिस्पर ९ऋच्क्ष्क्एच्० प्रणाली सम्बन्धी पनि खोज भइरहेको छ ।
सामान्य लक्षणहरु जस्तै रुघाखोकी लागेमा स्वास्थ संस्था गईरहनु पर्दैन र घरेलु उपचार पद्धती नै प्रभावकारी हुन्छ । स्वासप्रस्वास सम्बन्धि समस्या, न्युमोनिया, पुरानो रोग भएका बिरामीमा लक्षण देखिएमा भने चिकित्सकको सल्लाह लिनु नै उचित हुन्छ । जटिल समस्याहरु जस्तै ए.आर.डी.एस., न्युमोनिया, तीब्र मृगौला क्षती आदी देखिएमा अस्पतालमै भर्ना भई लक्षण सहयोगी उपचार गर्नुपर्ने हुन्छ ।


७) जाखिमबाट बच्न के गर्ने ?

जोखिम निवारण गर्ने नै कोरोना बिरुद्ध हतियार हुनसक्छ । यसका लागि हामीले डब्लु.एच.ओ. ले बताएका प्रमुख नियमहरुलाई पालन गर्नुपर्ने हुन्छ । सकेसम्म अत्यावश्यक कार्यबाहेक अन्य कामका लागि बाहिर नजाने, कम्तीमा पनि २ मिटरको दुरी बनाइराख्ने, बाहिर तथा जोखिमयुक्त स्थानहरुमा जाँदा मास्कको प्रयोग गर्ने, कम्तिमा ६० प्रतिशत अल्कोहल मिश्रित सेनिटाइजर प्रयोग गरिरहने, हात धोइरहने, आफुले प्रयोय गर्ने मोबाइल, पर्स, कलम, काइयो आदी सामाग्रीलाई पनि नियमित सेनिटाइज गर्ने, खोक्दा वा हाछ्युँ गर्दा कुइना या रुमालले नाक र मुख छोप्ने तथा संकाश्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ संस्थामा सम्पर्क गर्ने गरेमा कोरोना लाग्नबाट बच्न सकिन्छ । कोरोना लागिहालेमा पनि सिघ्र स्वास्थसेवा प्राप्त गरि स्वस्थ रहन सकिन्छ । तथ्याँक अनुसार ३ प्रतिशत जति बिरामीको मात्र मृत्युदर रहेको छ र स्वस्थ ब्यक्तिमा अझै कम छ तसर्थ कोरोना लागिहालेता पनि आत्तिहाल्नुपर्ने हुदैन । त्यसैले यी नियमहरु पालन गरेर हामीले कोरोनाको भार कम गर्न सकिन्छ ।
(लेखक न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन)

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस