अमेरिकाका २१ राज्यमा बढ्यो कोरोना संक्रमण

600
शेयर

पढ्ने समय: 3 मिनेट/-

कोरोना भाइरसको सर्वाधिक मारमा परेको अमेरिकामा संक्रमित संख्या बुधबार २० लाख पार भएको द न्यू योर्क टाइम्सले जनाएको छ।

यो तथ्यांकले अमेरिकामा कोरोनाको कहर अझै फैलिरहेको देखाएको छ।

कोरोनाका कारण थलिएको अर्थ व्यवस्थालाई गति दिने भन्दै अमेरिकाले लकडाउन खुकुलो पार्दै गइरहेको अवस्थामा त्यहाँका २१ राज्यमा संक्रमण विस्तार भइरहेको न्यू योर्क टाइम्सले जनाएको छ।

महामारी सुरू भएपछि संक्रमणको केन्द्रबिन्दु बनेका न्यू योर्क जस्ता राज्यमा सुधार देखिएको भएपनि अन्यत्र संक्रमणले नयाँ ‘हटस्पट’ बनाउन सुरू गरेको टाइम्सको समाचारमा उल्लेख छ।

एरिजोना राज्यमा कोरोनाबाट संक्रमित हुने र त्यसका कारण अस्पताल पुग्नेको संख्यामा देखिन थालेको वृद्धिले स्थानिय अधिकारीलाई चिन्तित बनाउन थालेको छ।

एक महत्वपूर्ण अस्पताल प्रणालीमा ब्यानर हेल्थले यसै महिना एरिजोना राज्यमा कोरोनाका कारण अस्पताल पुग्नेको संख्यामा वृद्धि भइरहेको चेतावनी दिएको थियो। उसले भेन्टिलेटरमा जाने विरामी प्रमुख चिन्ता बनेको बताएको छ।

मेको सुरूबाट एरिजोना राज्यका गभर्नर डग डुसेले राज्यको सुरूमा खुद्रा व्यापार खुल्ला गर्दै क्रमशः सैलुन र रेष्टुरेन्ट खोलेर राज्यको लकडाउन खुकुलो पार्न सुरू गरेका थिए।

मे ५ मा फोनिक्सको हनीवाल मास्क उत्पादन केन्द्र पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पले देश पुनः खोल्ने राष्ट्रिय कदमको प्रशंसा गरेका थिए।

‘आखिर देशलाई पुनः खोल्यौं, कसैले हामीले यस्तो भन्नेछौं भनेर सोचेको थियो र?’, उनले त्यतिबेला भनेका थिए।

त्यहाँको राज्यले घरै बस्नुपर्ने आदेशलाई मे १५ मा खारेज गरेको थियो।

ट्रम्पले बुधबार आफूले एरिजोनामा र्‍याली गर्ने सोचेको बताएका छन्।

यो पनि पढ्नुहोस  इरानले यूरेनियम संकलन पाँच प्रतिशत पुर्‍याउने

गभर्नर डुसेले सम्भावित भाइरसको जोखिमलाई ध्यानमा राख्दै मार्चको अन्त्यसम्म राज्यका अस्पतालहरूको क्षमतालाई ५० प्रतिशतले वृद्धि गर्ने आदेश दिएका थिए।

तर उनको यो आदेश सम्पन्न भएन बरू त्यसको सट्टा मेमा कोरोना संक्रमितको संख्या त्यहाँ दोब्बर भएको छ।

हालैका दिनमा त्यहाँका अस्पतालका आकस्मिक कक्षमा मानिसहरू आउने क्रम वृद्धि भएको छ र उनीहरूमा कोरोना पोजेटिभ प्रमाणित भइरहेको छ।

यस्तै अवस्था अलास्का राज्यमा छ।

गत सातामात्रै त्यहाँ सयको संख्यामा नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो समय सिफुड र फेरीमा काम गर्नेहरूमा यसको संक्रमण देखिएको छ। मंगलबारमात्र अलास्काले महिनादिनपछि कोरोनाका कारण एक व्यक्तिले ज्यान गुमाएको जानकारी दिएको छ।

यसैगरी संक्रमणमा कम भएको देखिएको आयोवाले राज्यमा २२ हजारबढी संक्रमित फेला परिसकेको जनाएको छ। कोरोनालाई मध्यनजर गर्दै धेरैको रोजाइमा पर्ने गरेको आयोवा स्टेट फेयर यस वर्ष नहुने घोषणा उसले बुधबार गरेको छ।   

अमेरिकाका दक्षिणी राज्यहरूमा भने प्रगतिका संकेतहरू देखा पर्न थालेको टाइम्सले जनाएको छ। अलाबामामा संक्रमणमा कम भएको छ भने मिसिसिपी स्थिर हुन थालेको छ।

तर अरकान्स, नर्थ क्यारोलिना र फ्लोरिडामा भने संक्रमण निरन्तर वृद्धि भइरहेको छ। साउथ क्यारोलिनामा दुई दिनको अवधिमा करिब हजारको हाराहारीमा नयाँ संक्रमित फेला परेका छन्।

यो पनि पढ्नुहोस  चीनले हटायो हङ‍कङ मामिला हेर्ने दूत

रिपब्लिकन्सका तीन शीर्ष नेताले राष्ट्रपति ट्रम्पले नर्थ क्यारिलोनाका अधिकारीलाई आफूले सामाजिक दुरीको सावधानी अपनाउन नचाहेको बताएपछि त्यहाँ हुने भनेको राष्ट्रिय अधिवेशनलाई शार्लोटबाट ज्याकसनभिलेमा सार्नसक्ने बताएका छन्।-एजेन्सी

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस