रुसले बिकास गर्यो ” एबिफ्याबिर” नाम गरेको कोरोना बिरुद्द औषधि

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

एजेन्सी, २० जेठ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयाेगमा स्वीकृति दिएकाे छ ।

योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरसविरुद्धको औषधि दिन सुरू गरिन लागेकाे समाचार एजेन्सीहरूले जनाएका छन् । रुसका स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औषधि दिइने बताइएकाे छ ।

रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका काेराेना संक्रमितहरूलाइ याे औषाधि दिइने बताएकाे समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेकाे छ ।

यो एन्टिभाइरसको रुपमा विकास गरिएको औषधिको नाम ‘एभिफ्याभिर’ राखिएको छ । कोरोना भाइरसविरुद्धको औषधि अहिलेसम्म कुनै पनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि विकास गरेकाे दावी गरे पनि प्रयोगका लागि सरकारले अनुमति दिएको छैन ।

यो पनि पढ्नुहोस  आत्मसर्मपण गर्दै अदालतमा उपस्थित भएका बलात्कार आरोपित 'सिद्धबाबा' पुर्पक्षका लागि जेल चलान

सम्भवत: कोरोना भाइरसJLरूद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्धको बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दाबी गरेको छ ।

जापानमा पनि यो औषधिलाई ‘एभिगान’ नामबाट परीक्षण गर्ने तयारी भइरहेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२.८ करोड डलरको बजेट स्वीकृत गरेकाे पनि समाचार एजेन्सीहरूले बताएका छन् । तर जापान सरकारले भने कोरोना विरुद्धको औषधिका रुपमा स्वीकृति दिन बाँकी नै रहेको छ 

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  उखु किसानका मौलिक हक कुण्ठित भए, माग पूरा गर : मानवअधिकार अयोग

यो पनि पढ्नुहोस