धादिङका ५६ जना पत्रकारको निशुल्क बिमा

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-


विवेक अर्याल
धादिङ- नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लाका क्रियाशिल ५६ जना पत्रकारहरु को दुर्घटना र कोरोना बीमा गरेको छ ।

धादिङका क्रियाशिल ५६ जना पत्रकारको प्रति व्यक्ति रु.६५० का दरले ज्योति लाइफ इन्स्योरेन्समा दुर्घटना बीमा र नेको इन्स्योरेन्समा प्रति पत्रकार रु.६०० का दरले ४४ जना पत्रकारहरुको निशुल्क कोरोना बीमा गरेको हो ।

पत्रकार महासंघ धादिङ शाखाका सचिव राजाराम शर्माका अनुसार दुबै बीमा मार्फत लाग्ने प्रति व्यक्ति खर्च १ हजार २५० रुपैया सबै पत्रकार महासंघ धादिङ शाखाले नै तिरेको छ ।

यता धादिङका पत्रकारहरुले गरेको बीमामा दुर्घटनामा परि मृत्यु भएमा २ लाख, कुनै पनि कारणले मृत्यु भएमा १ लाख , पूर्ण अपाङ्ग भए १ लाख, आम्शिक अपाङ भए कम्पनीको नियमानुसार बढीमा १ लाख, दुर्घटनामा परि औषधी उपचार गर्नु पर्यो भने १० हजार, काजक्रिया खर्च १० हजार दिईने ज्योती लाईफ इन्सुरेन्स धादिङ शाखाका प्रमुख जयराम ढुङ्गानाले  बताए ।

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस