सबैभन्दा बढी कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि सम्मानको कुराः ट्रम्प

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन्।

‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छ’, ह्वाइट हाउसमा उनले भने।

कोरोना भाइरसको महामारी सुरू भएपछि ट्रम्पले सोमबार पहिलो मन्त्रीपरिषद्को वैठक गरेका छन्।

संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले हामी संक्रमित संख्यामा अगाडि छौं भन्नुहुन्छ किनकी हामीले अरूको भन्दा धेरै परीक्षण गरेका छौं।’

त्यसैले हामीसँग धेरै केसहरू छन्’, उनी भन्दै गए, ‘म यसलाई नराम्रो रूपमा हेर्दिन, म यसलाई राम्रो रुपमा हेर्छु किनकी हाम्रो परीक्षण धेरै राम्रो छ।’

अमेरिकामा हालसम्म कोरोनाका १५ लाख संक्रमित भेटिएका छन् भने करिब ९२ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यो पनि पढ्नुहोस  अर्थमन्त्री डा.खतिवडाद्वारा राजीनामा

३ लाख संक्रमित भएको रसिया संक्रमित संख्याका आधारमा दोश्रो स्थानमा रहेको छ।

संघीय एजेन्सीको रोग नियन्त्रण केन्द्रका अनुसार अमेरिकामा मंगलबारसम्म १२.६ मिलियन मानिसहरूको कोरोना भाइरस परीक्षण भएको छ।

बिबिसीमा प्रकाशित समाचारका अनुसार ट्रम्पको उक्त टिप्पणीमा डेमोक्र्याटिक नेशनल कमिटीले भने ट्वीटर मार्फत राष्ट्रपतिको आलोचना गरेको छ।

‘अमेरिकामा १.५ मिलियन संक्रमित देखिनु नेतृत्वको पूर्ण विफलता हो’, ट्विटरमा भनिएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस