काठमांडुको फाहोर नियमित विसर्जन हुने, स्थानीय बासीनदाको कोरोना परीक्षण समेत हुने

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको थियो ।

त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको छ ।

उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको माग अनुसार सिसडोलवासीमा कोरोना संक्रमण भए/नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको छ ।’

प्रमुख शाक्यले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडीटी र पीसीआर बिधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए । ‘उहाँहरुको माग पूरा भएको छ ।उपत्यकाको फोहोरा छोपेर सिसडोल लैजाने सहमति भयो,’ उनले भने, ‘सहमतिअनुसार बेलुका आठ बजेदेखि विहान ६ बजेसम्म फोहोर विसर्जन गरिसक्नु पर्ने भन्ने छ ।’

यो पनि पढ्नुहोस  स्कुल खोल्ने/नखोल्ने बारे सरकारकारलाई स्पष्ट निर्णय लिन विद्यालय सञ्चालकको आग्रह

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले नियमित फाहोर विसर्जन हुने जानकारी दिए ।

‘छलफल सकारात्मक भयो । हाम्रो ठूलो माग नै थिएन । यहाँका स्थानीयको स्वास्थ्य परिक्षण हुनपर्छ भनेका थियौँ,’ अध्यक्ष लामाले भने, ‘काठमाडौँ महानगरपालिकाले हाम्रा माग पूरा गर्ने सहमति गरेसँगै फोहोर विसर्जनको समस्या पनि तत्कालका लागि समाधान भयो ।’

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले पनि फोहोरो विसर्जनको समस्या तत्कालका लागि हटेको जानकारी दिए ।

फोहोर विसर्जनमा अवरोध भएसँगै काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले माग सम्वोधनमा सकारात्मक रहेको भन्दै विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गरे बलप्रयोग गर्ने बताए।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  सबैलाई सक्दो सहयोग गर्ने साथै स्वास्थ्य सुरक्षा उपलव्ध गराउँने सरकारको प्रतिबद्धता

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस