धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ अस्पताल नै ‘सिल’

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘सिल’ गरिएको छ।

९ दिनकी सुत्केरी ती महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो।

स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेनि्टलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

महिलाको संकास्पद मृत्यु भएपछि कोरोनाको आशंकामा उनको स्वाब धुलिखेल अस्पतालमै परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट  क्लियर नआएपछि उनको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमामा लगिएको अस्पताल स्रोतले जनाएको छ।

‘स्वास्सप्रस्वासमा समस्या देखिएपछि एक महिलालाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो’, अस्पताल स्रोतले भन्यो, ‘उनको निधन भएपछि स्वाब परीक्षण गरिएको थियो, रिपोर्ट क्लियर नभएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा लगिएको छ।’ 

यो पनि पढ्नुहोस  वैशाख ३ गतेसम्म सबै प्रकारको भिसा सुविधा बन्द

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने स्रोतले बतायो।

सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिला ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी थिइन्।

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  कोरोना भाइरस रोकथामबारे थप निर्णय लिन उच्चस्तरीय समितिको बैठक बस्दै

यो पनि पढ्नुहोस