बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

टिचिङ अस्पतालमा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको टिचिङ अस्पतालले पुष्टि गरेको छ।

यसअघि टिचिङ अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर/नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो।

‘उहाँलाई अहिले आइसोलेसनमा राखिएको छ’, अस्पताल स्रोतले भन्यो,‘यहीँ आएर संक्रमण भयो कि अन्य कतैबाट संक्रमण फैलियो कन्ट्याक्ट ट्रेसिङ सुरू गर्दैछौं।’

यसअघि कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी रहेको समाचार सार्वजनिक भएको थियो।

तर अस्पतालका कर्मचारी नभएर बिरामी भेट्न आउने व्यक्तिमा कोरोना संक्रमण भेटिएको स्रोतले बतायो।

दाङका ४६ वर्षीय ती व्यक्ति न्यूरो वार्डमा सर्जरी गरेको बिरामीलाई भेट्न आएका थिए।  

यो पनि पढ्नुहोस  धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ अस्पताल नै ‘सिल’

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस