नेपाल भित्रीने आसामा नेपालगन्ज सिमामा नेपालीको भिड

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

नेपालगन्ज — नाकामा भित्रिएका  ६ सय ८७ जना मध्ये ४ सय ६६ जनाको आरडीटी परीक्षण हुने भएको छ । भारतमा रहेका नेपालीहरु लकडाउनकै बीच देश फर्किन पाउने हल्ला चलेपछि नाकामा सयौं नेपाली आइपुगेका हुन् ।

नाकामा पुगेका ६ सय ८७ जनामध्ये क्वारेन्टाइनमा २ सय २१ जना छन् । नाकामा ४ सय ६६ जना छन् । बाँकेका सबैलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन्मा राखिएको छ । जसमा उपमहानगर नेपालगन्जका ५१ जना छन् । उनीहरुलाई १४ दिन् क्वारेन्टाइनमा राखिने छ ।

बिहीबार भित्रिएका बाहिरी जिल्लाका उनिहरुको आरडीटी परीक्षण गरेर आ–आफनो जिल्ला पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । ‘गाडी हिजोदेखि तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘उहाँहरुलाई आरडीटी परीक्षण गरेर आ–आफनो जिल्ला पठाउँदैछौं ।’ अहिलेसम्म ३ सय १२ जनाको आरडीटी परीक्षण भइसकेको नेपालगन्ज उपहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

यो पनि पढ्नुहोस  नेपालको निर्माण क्षेत्रमा मात्र १५ लाख भारतीय कामदार !

२ सय २१ मध्ये १ सय ७० जनालाई आ–आफनो पालिका पठाइने नेपालगन्जकी उपमेयर उमा थापा मगरले बताइन् । उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर पालिकाकै क्वारेन्टाइमा १४ दिन राखिने उपमेयर मगरले बताइन् । नेपालगन्ज उपमहानगरपालिकाका ५१ जनाको भने पीसीआर परीक्षण गरिने उनले जानकारी दिइन् ।

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस