अफ्गानिस्तानमा अन्धाधुन्ध अस्पतालमा गोलि प्रहार

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काबुल — अफगानिस्तानको राजधानी काबुलस्थित एक अस्पतालमा मंगलबार गरिएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई नवजात शिशु, सुत्केरी महिला र नर्स छन् । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रहरीको पोसाक लगाएका कम्तीमा दुई जना बन्दुकधारी मंगलबार बिहान दास्त–ए–बार्ची अस्पतालमा प्रवेश गरेका थिए । बन्दुकधारीले अस्पतालको गेटमा ग्रिनेड विस्फोट गराएलगत्तै प्रसूति कक्षमा पसेर अन्धाधुन्ध गोली चलाएका प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

आक्रमणको केहीबेरमा घटनास्थल पुगेका सुरक्षाकर्मी र बन्दुकधारीबीच केही घण्टा गोली हानाहान भएको थियो । बन्दुकधारीलाई सुरक्षाकर्मीले मारिदिएका समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणको समयमा अस्पतालमा कम्तीमा १ सय ८० जना रहेको बीबीसीले उल्लेख गरेको छ ।

‘अस्पतालमा बिरामी र डाक्टरहरूको बाक्लो उपस्थिति थियो । तर एकैछिनमा निकै दर्दनाक अवस्था सिर्जना भयो,’ एक प्रत्यक्षदर्शीले भने । सय शय्याको सरकारी अस्पतालको प्रसूति विभाग अन्तर्राष्ट्रिय परोपकारी संस्था मेडिसिन्स सान फ्रन्टायर्स (एमएसएफ) ले सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस  काष्ठमण्डप पुनर्निर्माण तीव्र गतिमा

अस्पतालमा केही विदेशीहरूसमेत कार्यरत छन् । आक्रमणपछि विशेष सुरक्षा फौजले अस्पतालबाट सय जनाभन्दा बढी महिला, उनीहरूका बच्चा र केही विदेशीको उद्धार गरेको जनाएको छ ।

अमेरिकासँग युद्धविराम सम्झौता गरेका तालिबानले घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यसअघि उक्त क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट (आईएस) ले पटकपटक विदेशी नागरिकलाई लक्षित गरी आक्रमण गर्दै आएको थियो । आईएसले घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । अफगानिस्तानको गुप्तचर संस्थाका अनुसार मंगलबार चारजना शक्तिशाली नेतालाई सुरक्षाकर्मीले पक्राउ गरेको जनाएको छ ।

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  सजायँ बिरुद्ध अदालतको शरणमा मुशर्रफ, लाहोर हाईकोर्टमा दिए निवेदन

यो पनि पढ्नुहोस