लक डाउनमा आन्दोलन

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

कैलाली, २३ वैशाख । कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा लकडाउन तोड्दै स्थानीय सडक आन्दोलनमा उत्रिएका छन् । स्थानीय शिक्षक कृष्णप्रसाद भुसालका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले आनाकानी गरिरहेको भन्दै उनीहरु सोमबार दिउँसोदेखि सडक आन्दोलनमा उत्रिएका हुन् ।

भुसाल मसुरियास्थित विहानी क्षितिज बोर्डिङ स्कुलका संस्थापक तथा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत थिए । वैशाख ११ गते राति पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्ग किनारमा साइकलसहित मृत अवस्थामा भेटिएका भुसालको चप्पल तथा मास्क मसुरियाको शंकरपुरस्थित शिवशंकर सामुदायिक वनमा भेटिएको थियो ।

पहलमानपुर साथीलाई भेटेर साइलकमा फर्केका उनको सुनियोजित तरिकाले हत्या भएको भन्दै स्थानीय ध्वजबहादुर खातीले भने,‘घटना घटेको १२ दिन भइसक्यो, अहिलेसम्म प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन, त्यही भएर आज हामी लक डाउन तोड्दै सडकमा उत्रिन बाध्य भएका हौँ ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस