अभिनेता ऋषि कपूरको निधन

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

भारतिय चर्चित तथा दिग्गज अभिनेता ऋषी कपूर को निधन भएको छ। हिजो हस्पीटलमा स्वास प्रस्वासमा समस्या आए पस्चात मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।

६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो ।

सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका शो म्यान राज कपुरका दोश्रा छोराका रुपमा जन्मिएका कपुरले सन् १९७० मा डेब्यू ‘मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गरेका थिए।

उनले सो सिनेमाका लागि राष्ट्रिय पुरस्कार समेत जितेका थिए। उनको खास नाम ऋषि राज कपुर हो।

बाल कलाकारका रुपमा बलिउडमा डेब्यू भएका ऋषिले ठूलो भएपछि डिम्पल कपाडियासँग ‘बबी’ सिनेमाबाट डेब्यू गरे।

सन् १९७३ मा रिलिज भएको सो सिनेमा त्यतिबेला निक्कै चलेको थियो। उनले सो सिनेमाबाट फिल्मफेयरमा सर्वत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए।

त्यसपछि उनले सन् १९७३ देखि २००० सम्म ९२ बढी सिनेमामा काम गरे। उनले अधिकाशं सिनेमामा रोमान्टिक भूमिका निभाएका छन्।

यो पनि पढ्नुहोस  पशुपतिमा महाशिवरात्रीको रौनक (फोटो फिचर)

सन् २०११ मा ‘दो दुनी चार’ सिनेमाका लागि फिल्मफेयरमा क्रिटिक्स अवार्ड जितेका उनले सन् २०१७ मा कपुर एण्ड सन्स सिनेमाका लागि फिल्मफेयरमै सहअभिनेताको अवार्ड जितेका थिए।

अभिनेत्री नितु सिहंसँह विवाह-वन्धनमास बाँधिनु अघि दुबैजनाले सन् १९७३ देखि ८१ को अवधिमा एक दर्जन सिनेमामा काम गरेका थिए।

उनले जीवनकालमा ५१ सिनेमामा सोलो हिरोको रुपमा काम गरे जसमा ११ वटा सिनेमा मात्रै वक्सअफिसमा सफल भए भने मल्टिस्टाररतर्फ काम गरेका ४१ सिनेमामा २५ सिनेमा मात्र सफल भएका थिए।

‘बबी’ का अलावा ‘लैला मजनु’,’रफुचक्कर’, ‘सरगम’, ‘कर्ज’, ‘प्रेम रोग’, ‘नागिना’, ‘हनीमुन’, ‘चाँदनी’, ‘बोल राधा बोल’ आदि उनका सफल सिनेमा हुन्।

दशककै हिट सिनेमा बनेको ‘बबी’मा सिनेमा उनले पैसाका कारण राजेश खन्नालाई खेलाउन असमर्थ भएपछि पाएका थिए।

सिनेमाका निर्माता तथा निर्देशक उनका बाबु राज कपुर हुन्।

रिलिजपछि ‘बबी’ ट्रेन्ड सेटर सिनेमा बन्यो।

यो सिनेमापछि बलिउडमा धनी-गरिबको परिदृश्यमा थुप्रै बलिउड ‘टिन एज रोमान्स’ सिनेमा बन्ने सिलसिला सुरु भएको थियो।

उन्को निधन बारे अमिताब बच्चनले समेत ट्वीट गरेको छन। लेखेका छन्, ‘ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।’

यो पनि पढ्नुहोस  लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा
https://twitter.com/SrBachchan/status/1255709029336322048?s=20

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस