यो लकडाउन अनि कोरोना प्रकोपमा तीन प्रकारको मानसिकता वा अवस्थामा मानिस भेटिएका छन:
१) सर्कारी जागिर, राज्निती, पेन्सनमा सेवा निवृत्त, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गृहणी : कोरोना आफैलाई लाग्ला कि भन्ने भय छ, तर काम झन बढेको छ। लक डाउन वा यो प्रकोप कहिले सकिन्छ भनेर प्रार्थनामा छन।
२) विदेशमा वा स्वदेशमै दैनिक ज्याला मज्दुरी गर्ने तर जस्को रोज्गार खोसिएर भोक वा शोकले जीवन ठप्प झै भएको छ। जस्तै कठिनाई भोगेर पनि बाच्न र आफन्त माझ जान पाइयोस भन्ने मात्र सोच्दैछन
३)मध्यम बर्ग, सामान्य आयश्रोत भएका तर देशमै केही गर्न पर्छ, लकडाउनको सदुपयोग गरु, आफू र अर्कालाई सहयोग गरौ भन्ने छ, जोश छ जागर छ तर लगानी गर्ने पैसा छैन वा पैसा छ तर पनि कहाँ के गर्ने मेसो मिलेको छैन।
म ३ नम्बरमा पर्छु अनि म सङ अहिले ४०,००० मात्र छ तर १० जना एस्तै जोश भएका मानिस र १० जना खटेर श्रमदान गर्न सक्ने मानिस पाएमा राष्ट्रिय स्वरोजगार अभियान आजै बाट म शुरु गर्न सक्छु।
आउनुहोस हातेमालो गरौ। शुभारम्भ गरौ। महाकालीमा हाम फालेर देश आउनुपर्ने दुर्दशाको अन्त्य गरौ। नेपालमा नै केही गरौ।।