लकडाउन थपिएपछी भारतमा कामदारहरु आन्दोलित

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन लम्ब्याएको घोषणा गरेलगत्तै मुम्बइका आप्रबासी कामदारहरु आन्दोलित बनेका छन् । हजारौँ कामदारहरु मोदीको भाषण सकिनासाथै सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।

३० मिनेटभित्रै कम्तिमा ३ हजार भन्दा धेरै कामदारहरु मुम्बइको बान्द्रा सडकमा उत्रिएको भारतीय मिडियाले जनाएका छन् । अबको एक सातासम्म मात्रै लकडाउन लम्ब्याउने अपेक्षा गरिएकोमा मे ३ गतेसम्म लकडाउन थपिदिएपछि उनीहरु आन्दोलित बनेको बताउँछन् ।

ठूलो संख्यामा उत्तर तथा पूर्वी भारतका मजदुरहरु मुम्बइमा रहँदैआएका थिए । तर लकडाउन घोषणासँगै घर फर्कन नपाएर उनीहरु मुम्बइमै थुनिएका छन् । तर मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले भाषणको क्रममा मजदुरको राहतका लागि कुनै प्याकेज नल्याएपछि उनीहरु सडकमा उत्रिएका थिए ।

यो पनि पढ्नुहोस  इराकमा चर्कियो सरकार विरोधी प्रदर्शन,सातको ज्यान गयो

प्रहरीले केही बेरमै धरपकड गरेको थियो । उनीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । कतिपय मजदुरहरु भने कामको ज्याला समेत नपाएको गुनासो गरेका छन् । ज्याला र घर फर्कन नपाउँदा आफूहरु भोकै रहनु परेको उनीहरुको गुनासो छ । यसअघि गुजरातको सुरत सहरमा पनि ठूलो संख्यामा आप्रबासी कामदारहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । कामको ज्याला वा घर फर्कन पाउनुपर्ने उनीहरुको माग थियो ।

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस