अमेरिकामा १४ हजार ७ सय जनाको मृत्यु

अमेरिकामा १४ हजार ७ सय जनाको मृत्यु

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौं । कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् ।

इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ ।

स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या लगातार दुई दिनसम्म बढिरहेको छ । बुधबार सात सय ५७ जनाको मृत्यु भएको यहाँ मंगलबार सात सय ४३ जनाको मृत्यु भएको थियो ।

स्पेनमा संक्रमितको संख्या पछिल्लो चार दिनमा धेरै बढेको छ । पछिल्लो २४ घण्टामा छ हजार एक सय ८० जना नयाँ संक्रमित भेटिएका छन् ।
संयुक्त राज्य अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ भने मृतक संख्या १४ हजार सात सय ३९ पुगेको छ ।

यो पनि पढ्नुहोस  कोरोना रोकथामको औषधि र सामग्री लिएर गएको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

अमेरिकामा एकै दिनमा करिब दुई हजार जनाको मृत्यु भएको हो । अघिल्लो दिनसम्म यहाँ मृतक संख्या १२ हजार आठ सय जना थियो । न्युयोर्कमा मात्र कोभिड १९ का कारण छ हजार दुई सय ६८ जनाको मृत्यु भएको छ । यहाँ एकै दिनमा आठ सय भन्दा धेरैको मृत्यु भएको छ ।
फ्रान्समा मृतक संख्या १० हजार आठ सय ६९ पुगेको छ र संक्रमित संख्या एक लाख १३ हजार नौ सय ६५ पुगेको छ ।

बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६१ हजार चार सय ७४ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ सय भन्दा बढी रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  लकडाउन उल्लंघन गरे ६ महिना कैद हुन सक्ने

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस