वैशाख ३ गतेसम्म सबै प्रकारको भिसा सुविधा बन्द

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । अध्यागमन विभागले वैशाख ३ गतेसम्म सबै प्रकारको भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ । सरकारले विश्वव्यापी महामारी फैलिरहेको सन्दर्भमा मुलुकभर लक डाउन गरेकाले गृह मन्त्रालयको निर्णय अनुसार यस्तो निर्णय लिएको विभागले जनाएको छ ।

 अध्यागमन विभागका निर्देशक तथा प्रवत्ता रामचन्द्र तिवारीले सेवाग्राही सबैमा भिसा अवधि जेजस्तो भए पनि सो अवधिसम्म धैर्यतापूर्वक बस्न आग्रह गर्नुभएको छ ।  सरकारले मंगलबार वैशाख १८ गतेसम्मलाई सबै प्रकारका अन्र्तराष्ट्रिय उडान बन्द राख्ने निर्णय गरेकाे छ । 

विदेशी नागरिकहरुलाई सरकारी निर्णय अनुसार चैत ८ गतेसम्म भिसा अवधिभएका, लक डाउन अवधिमा स्वदेश फिर्ता हुन चाहने वा नियमित कामकार्वाही सञ्चालन भएको एकहप्तासम्म भिसा शुल्क, अविलम्व शुल्क वा जरिवाना शुल्क मिनाहा गरिएको छ ।

यो पनि पढ्नुहोस  शिक्षण संस्थाहरु बन्द भए संगै बढे काठमाडौं छोड्नेहरु(भाडा दर रेट सहित)

प्रवक्ता तिवारीका अनुसार नेपालमा भिसा अवधि लम्ब्याउन चाहने विदेशीहरुले साविक भिसा शुल्कबाहेक अतिरिक्त कुनै पनि प्रकारका शुल्कहरु तिर्नुपर्दैन ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस