स्वास्थ्य सामग्री खरिदका लागि सेनाले गर्‍यो पाँच देशलाई पत्राचार

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमान्डौ। नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँच वटा देशलाई पत्राचार गरेको छ। सेनाले स्वास्थ्य सामग्रीका लागि चीन,दक्षिण कोरिया,सिंगापुर,इजरायल र भारतलाई पत्राचार गरेको हो।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

‘हामीले पठाएको पत्र परराष्ट्र मन्त्रालयले हिजो फर्वार्ड गरेको जानकारी पाएका छौं, ‘सैनिक प्रवक्ता पाण्डेले सेतोपाटीसँग भने,’हामीले आवश्यक स्वास्थ्य सामग्रीका लिस्ट पठाएका छौं।उताबाट कस्तो जवाफ आउँछ त्यसको आधारमा खरिद प्रक्रिया सुरू हुन्छ।’

ती देशहरूमा रहेका सैनिक सहचारीमार्फत् पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको पाण्डेले बताए। स्वास्थ्य सामग्रीका लागि पत्र पठाइए पनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून छ।

यो पनि पढ्नुहोस  पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

भारतले स्वास्थ्य सामग्री निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। दक्षिण कोरियामा फेरि कोरोना भाइरसको संक्रमण देखिएकाले मागेजति सामग्री पाउने संभावना देखिएको छैन।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस