क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान पाउने

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । क्वारेन्टाइन अवधि पूरा गरेकाहरू अब स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन् । यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायण बिडारीले जानकारी दिए ।

‘क्वारेन्टाइन अवधि पूरा गरेकाहरूलाई स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय भएको छ,’ सचिव बिडारीले उच्चस्तरीय समितिको निर्णय सार्वजनिक गर्दै भने ।

कोरोना भाइरसको प्रकोप फैलने खतरा बढेपछि सरकारले विदेशबाट फर्किएकादेखि शंकास्पद बिरामीको सम्पर्कमा पुगेकासम्मलाई क्वारेन्टाइन अनिवार्य गरेको छ । क्वारेन्टाइनमा बसेका त्यस्ता व्यक्तिहरूलाई १४ दिने अवधिमा पनि कुनै लक्षण नदेखिएमा घर पठाउने गरिएको थियो । तर, त्यसरी घर पठाइएकी कैलालीकी एक महिलामा कोरोनाको संक्रमण भेटिएपछि सरकारले यसमा समीक्षा गर्दै नयाँ नियम बनाएको हो ।

यो पनि पढ्नुहोस  नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नारायणकाजीको भनाई

त्यस्तै, आइतबार बसेको बैठकले कोरोनाविरुद्धको लडाइँमा ५० हजार स्वंसेविका परिचालन गर्नेलगायतका निर्णय पनि गरेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

यो पनि पढ्नुहोस