सीमावर्ती शहरमा संक्रमित बढेपछि सीमानाकाको चोर बाटोमा सशस्त्र परिचालन

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

कपिलवस्तु । नजिकका भारतीय सीमावर्ती शहरमा कोरोना संक्रमित फेला परेपछि कपिलवस्तुका सीमा क्षेत्रमा लुकीचोरी आवतजावत हुने ससाना बाटोमा सशस्त्र प्रहरी परिचालन गरिएकोछ ।

कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधारण लुकीचोरी आवतजावत गर्ने गरेकाले जोखिम बढेको हुँदा सीमानाकामा उच्च सतर्कता अपनाइएको हो । भारतमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आइतबार दिउसोसम्म भारतमा ३ हजार ५ सय ८८ जना संक्रमित हुनुका साथै ९९ जनाको मृत्यु भइसकेको छ ।

लुकीचोरी आवतजावत गर्ने सबै नाकामा कडा सुरक्षा

भारतसंग सीमा जोडिएको कपिलवस्तुको ९३ किमीमा ठाँउठाँउमा लुकीचोरी आवतजावत गर्ने ससाना नाका छन् । सशस्त्र प्रहरीको सय जनाको थप शक्ति आईतवार यहाँ आइपुगेको छ । उनीहरुलाई सीमा रहेको ६ वीओपी र एक भन्सार राजस्व गुल्ममा परिचालन गरिसकिएको छ । उक्त युनिटले थप जनशक्तिलाई त्यस्ता लुकीचोरी गर्ने सीमानाकामा परिचालन गर्ने सशस्त्रको २८ नम्बर गणका उपरीक्षक जनकराज पुरीले जानकारी दिनुभयो ।

‘चोर नाका पूरै ठप्प पारेका छौं,’ उहाँले भन्नुभयो, ‘कसैलाई आवतजावत गर्न दिएका छैनौं, नाका शिल गरेका छौं, समकक्षी भारतीय एसएसबीले पनि सहयोग गरेको छ ।’ आवतजावत नियन्त्रणका लागि सशस्त्रको नौवस्ता, शम्सेरगञ्ज र बर्दघाट तालिम केन्द्र तथा पहाडी जिल्लाबाट थप जनशक्ति झिकाईएको छ । थप सशस्त्र परिचालन पछि खुला सीमा सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस  सरकारी औषधि उद्योगबाट सुरु भयो स्यानिटाइजर उत्पादन

सीमा नाका र जिल्ला अन्तर अनाधिकृत प्रवेश रोकिएर संक्रमणको संत्रास कम भएको पनि उहाँले बताउनुभयो । रुपन्देहीको सीमावर्ती भारतीय शहरमा ६ संक्रमित फेला

रुपन्देहीको सीमावर्ती भारतीय शहरमा कोरोना संक्रमित फेला परेपछि सुरक्षा सतर्कता बढाईएको हो । शनिबार रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ संक्रमित फेला परेका थिए ।

सीमापारी भारतीय बजारमा संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले महादेव पन्थले बताउनुभयो ।उहाँले यसअघि बढी आवतजावत हुने पाँचवटा मुख्य नाका शिल गरिएको र अब आवातजावत हुन सक्ने ससाना नाका(बाटो) पनि शिल गरिएको बताउनु भयो । सशस्त्र र जनपद दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्तीलगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् ।

यो पनि पढ्नुहोस  कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव
- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस