कोरोना परीक्षणमा विश्‍वविद्यालयका ल्याब प्रयोग गर्न जोड

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौँ। जनशक्ति र उपकरण अभावमा कोरोना परीक्षण प्रभावकारी हुन नसकेको गुनासो आइरहँदा विज्ञहरूले विश्वविद्यालयका ल्याब र जनशक्ति पनि प्रयोगमा ल्याउन सुझाएका छन् । विश्वविद्यालयका प्रयोगशालामा उच्च सुरक्षा सतर्कता अपनाएर कोभिड–१९ को परीक्षण गर्न सकिने उनीहरूको सुझाव छ ।

‘सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालका प्रयोगशाला मात्रै प्रयोग गरेको छ। विश्वविद्यालयका प्रयोगशाला पनि प्रयोग गर्न सकिन्छ,’ नास्टका प्राज्ञ एवं वैज्ञानिक डा. दिनेशराज भुजूले भने। सरकारको उच्चस्तरीय संयन्त्रमा शिक्षा, विज्ञान तथा प्रविधि पनि जोडिनुपर्ने उनको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं नास्टका प्राज्ञ डा. पीके झा कोरोनासँग जुध्न नागरिकको रोगप्रतिरोधात्मक क्षमता बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताउँछन्। यसतर्फ भएका अन्तर्राष्ट्रिय प्रयासको राम्ररी अध्ययन गरेर रणनीति बनाउनुपर्नेमा उनले जोड दिए।

त्रिविका आनुवंशिक वैज्ञानिक डा. गिरिराज त्रिपाठी पनि अहिलेको तीव्र जोखिमको अवस्थामा विश्वविद्यालयको प्रयोगशाला प्रयोग गरिनुपर्ने बताउँछन्। ‘पहिलो चरणमा सरकारसँग भएको ल्याबबाट परीक्षण गरिदैछ,’ उनले भने, ‘कोरोना संक्रमण दोस्रो चरणमा पुगेको अवस्थामा विश्वविद्यालयका प्रयोगशाला पनि प्रयोग गर्नुपर्छ।’ यसका लागि त्रिविमा पर्याप्त जनशक्ति रहेको उनले दाबी गरे।

माइक्रो बायोलोजिस्ट कयोदेवी यमी पनि यस्तो बेला माइक्रो बायोलोजिस्टहरूलाई अघि सार्नुपर्ने आवश्यकता देख्छिन्। भएजति सबै पीसीआर मेसिन प्रयोगमा ल्याउनुपर्ने बताउँछिन्। ‘हामीसँग भएका पीसीआर मेसिन देखावटी मात्रै भएका छन्,’ उनले भनिन्, ‘यिनलाई प्रयोगमा ल्याइनुपर्छ।’

नेपालमा आइतबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ। सरकारले सातै प्रदेशमा परीक्षण व्यापक बनाइने भने पनि सम्भव हुन सकिरहेको छैन। यस्तो बेला बढीभन्दा बढी परीक्षण गर्न सक्ने गरी संयन्त्र तयार गर्न सक्नुपर्ने विज्ञहरू औंल्याउँछन्। तर सबै प्रदेशमा कोभिड–१९ परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन चलाउने जनशक्ति नै पर्याप्त छैनन्।

यो पनि पढ्नुहोस  कोरोना उपचार अस्पतालका चिकित्सक र कर्मचारीलाई शतप्रतिशत भत्ता

त्रिविका केन्द्रीय बायोटेक्नोलोजी विभागका प्रमुख डा. कृष्ण मानन्धर विभागसँग पीसीआर मेसिनसहित सबै उपकरण तयार रहेको बताउँछन्। ‘यसका लागि स्याम्पल प्रोसेसिङ युनिट चाहिन्छ,’ उनले भने, ‘एकेडेमिक संस्थामा प्याथाजोनिक काम गर्न मिल्दैन। भाइरसको आरएनए एक्स्ट्राक्सनसम्मको काम प्रोसेसिङ युनिटमा भए अन्य काम हामी गर्न सक्छौं।’

आफूहरूसँग दक्ष जनशक्ति रहेको तर पीपीई र एन–९५ मास्क, रियाजेन्ट र किट उपलब्ध गराइनुपर्ने उनले बताए। विभागको पीसीआर मेसिनले ४ घन्टामा ९० वटा स्याम्पल परीक्षण गर्न सक्ने मानन्धरले जानकारी दिए।

यस्तै केन्द्रीय माइक्रो बायोलोजी केन्द्रीय विभागका प्रमुख डा. मेघराज बञ्जडाले सरकारलाई सहयोग चाहिएको खण्डमा त्यहाँको ल्याब र विद्यार्थी दुवै प्रयोग गर्न सक्ने बताए। ‘माइक्रो बायोलोजी पढेका सबै विद्यार्थीलाई रियल टाइम पीसीआरबारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान छ,’ उनले भने। उनले पनि कोरोना स्पेसिफिक प्राइमर प्रोभ, पीपीई र मास्क भने सरकारले नै दिनुपर्ने बताए।

नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलका अनुसार काठमाडौंभित्रै २७ रियल टाइम पिसीआर छन्। अहिले भइरहेको परीक्षणबारे पनि विशेषज्ञको टोली बनाएर ठीक छ/छैन हेर्नुपर्ने उनको भनाइ छ। त्रिविमा मात्रै ३ वटा पीसीआर मेसिन छन्।

यो पनि पढ्नुहोस  चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस