काठमाडौं उपत्यकाबाट लकडाउन उल्लघंन गर्ने १ हजार २८८ जना पक्राउ

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं। सरकारले जारी गरेको लकडाउन उल्लघंन गरेकाे भन्दै प्रहरीले १ हजार २८८ जनालाई पक्राउ गरेको छ । विश्वभरी महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको संक्रमण नेपालमा फैलन नदिन तथा यसको नियन्त्रणका लागि सरकारले चैत्र ११ बाट लकडाउन जारी गरेको थियो। प्रहरीका अनुसार लक डाउनको १३ औं दिन आज विहान ८ बजेसम्म उल्लघंन गर्ने १२ सयभन्दा बढी पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा १ हजार ४० जना पुरुष रहेका छन् भने २ सय ४८ जना महिला रहेका छन् । त्यस्तै ६२ वटा सवारी साधनपनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

सरकाले लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । शनिबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाई अझै प्रभाकारी बनाउन एक स्थानीय तहबाट अर्को स्शथानीय तहमा जानसमेत रोक लगाएको छ ।

यो पनि पढ्नुहोस  कैलालीमा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ, नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३

लकडाउनका कारण काठमाडौं उपत्यकासहित नेपालका मुख्य शहरहरु पूरै सुनसान रहेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या नौ पुगेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  कोरोना भाइरस संक्रमितको संख्या नेपालमा सात पुगेको वर्ल्डो मिटर्स डट इन्फोको दावी

यो पनि पढ्नुहोस