नेपालमा कोरोना देखिएको भन्दै रसुवागढी र तातोपानी नाका खोल्न चीन अनिच्छुक

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौं । नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न अनाकानी गरेको छ ।

नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंककित बनेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुर्‍याउँदै गर्दा चीनको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुन नसक्ने जानकारी केरुङ प्रशासनले गराएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । तर, यस्तो जानकारी लिखित चाहिँ नभएको उनले बताए ।

‘कोरोना भित्रन नदिन उच्चतम् सुरक्षा अवलम्बन गर्ने चीनको केन्द्रीय सरकारको नीतिअनुसार अहिलेकै अवस्थामा नाका खुला गर्न नसकिने जानकारी त्यहाँको प्रशासनबाट आएको छ,’ भन्सार प्रमुख खड्काले भने ।

माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर–दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई भएको उनले बताए ।

नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।

यो पनि पढ्नुहोस  कालिमाटी वृत्तका दुई प्रहरीमा कोरोना संक्रमण

नेपालकै कारण कोरोना फैलिने डरले चिनियाँ पक्ष नाका सञ्चालन गर्नेबारे अनिच्छुक देखिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

‘हामीले भन्सार प्रमुखसँग नियमित छलफल गरेका छौँ, हाम्रो तयारी अन्तिम अवस्थामा छ, तर चिनियाँ पक्षले आनाकानी गरेको हो कि भन्ने जानकारी आएको छ’ उनले भने ।

नेपाल भारत खुल्ला सीमा र भारतमा तिब्र गतिमा फैलिएको कोरोनाको असर नेपाल नाका भएर आफ्नो मुलुकमा आउँछ कि भन्ने चिन्ता चिनियाँ अधिकारीले व्यक्त गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

‘व्यापारिक आवागमनले कोरोना नफैलियोस् भन्नेमा उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ, केही समय माग्नुभएको छ, सायद छलफलमा हुनुहुन्छ,’ भन्सार प्रमुख खड्काले भने ।

चीनमा कोरोना फैलिएपछि बन्द गरिएको चीनतर्फको व्यपारिक नाका खुला गर्ने निर्णय सरकारले चैत १२ गते गरेको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ लाख ८ हजार नाघ्याे, संक्रमितकाे संख्या १८ लाखनजिक

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस