सुदूरपश्चिममा थप तीन जनामा कोरोना ‘पोजेटिभ’ भेटियो

नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं–सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार दुई जना भारतबाट फर्किएकामा र एकजना स्थानीयमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

जसमध्ये एकजना भारतको उत्तराखण्डबाट आएका ४१ वर्षीय कन्चपुरका व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको छ । यस्तै, मुम्बईबाट आएका कैलालीका २१ वर्षीयमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, अर्को कोरोना केस स्थानीयमा सरेको पाइएको छ ।

यसअघि दुबईबाट फर्केका धनगढी ३४ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनकी भाउजुको थ्रोट स्वाब परिक्षण गर्दा उनमा पनि कोभिड–१९ पोजेटिभ देखिएको हो । यो स्थानीयमा कोभिड–१९ सरेको पहिलो हो । यसअघि नेपालमा कोभिड–१९ का आयातीय संक्रमितहरु मात्रै देखिएका थिए ।

यो पनि पढ्नुहोस  कोरोना रोकथामको औषधि र सामग्री लिएर गएको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

यससँगै नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसबुकमार्फत पनि यसको पुष्टी गरेको छ ।

https://m.facebook.com/story.php?story_fbid=865720930583094&id=489034948251696


तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  सीमावर्ती शहरमा संक्रमित बढेपछि सीमानाकाको चोर बाटोमा सशस्त्र परिचालन

यो पनि पढ्नुहोस