अस्ट्रेलियामा रहेका नेपालीबारे राष्ट्रपति भण्डारीको चासो

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी छन् ।

अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाललाई टेलिफोन गरेर राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीको स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेकी हुन् ।

राजदूत दाहालले भने, ‘राष्ट्रपतिले टेलिफोन गरी यहाँ भएका नेपालीको अवस्थाबारे जिज्ञासा राख्नुभयो । मैले पछिल्लो स्थितिबारे जानकारी दिएँ ।’

राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा भएका सबै नेपालीलाई सुरक्षित रहन आग्रहसमेत गरेकी छन् ।

अस्ट्रेलियास्थित नेपाली सामाजिक सस्थाहरुको महासंघको एक तथ्यांकअनुसार यहाँ नेपाली मूलका ९४ हजार ५ सय स्थायी बासिन्दा छन् भने २४ हजार ५ सय नेपाली पर्यटक विगत ८ महिनायता अस्ट्रेलियामा छन् । त्यस्तै ५७ हजार ७ सय नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन् ।

यो पनि पढ्नुहोस  युरोपसहित कोरोना प्रभावित मुलुकका नागरिकलाई वैशाख ३ सम्म नेपालमा प्रवेश रोक

अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाका लागि सरकारले राहत कार्यक्रम ल्याए पनि पर्यटक, अस्थायी बासिन्दा र अन्तर्रास्ट्रिय विद्यार्थीलाई सम्बोधन गरेको छैन ।

नेपाली दूतावास र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले संयुक्त रुपमा तयार गरेको तथ्यांकअनुसार अहिले विभिन्न राज्यमा चार सय ८७ जना स्वयं एकान्तबासमा छन् ।

अहिलेसम्म नौ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिए पनि चार जना निको भएका छन् भने अरुको पनि स्वास्थ्यमा सुधार भइरहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  पूर्वमन्त्री बास्कोटाको घरमा विष्फोट भएको जिम्मा विप्लवले लियो , बम हान्नुको कारण खुलायो

यो पनि पढ्नुहोस