काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेष्ट कीट चीन सरकारले प्रमाणित गरेको कीट भएको दावी गरेको छ । यद्धपि नेपालमा यस्को गुणस्तरको निक्र्यौल हुन पनि बाँकी रहेको पनि मन्त्रालयको भनाइ छ ।
र्यापिड टेष्ट कीटबारे विभिन्न सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भएपछि आफुहरुको ध्यानाकृष्ट भएको भन्दै बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेमबहादुर कार्कीले एक विज्ञप्ती जारी गर्दै सरकारले ल्याएको र्यापिड टेष्टकीटकोे गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग हुने प्रष्ट पार्नु भएको छ ।
अनाधिकृत श्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जन गुनासो आउने वित्तिकै यस्तो नगर्न आग्रह गरिएको पनि कार्कीले प्रष्ट पार्नु भएको छ ।
नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौ टेष्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्टकीट प्रयोग गरी स्त्र्रmीनिङ्ग गर्ने र शंकास्पदहरुको पीसीआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तराष्ट्रिय मान्यता अनुसार पूर्व तयारी गर्न खोजिएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । अहिले युरोप, अमेरिकाले पनि यहि विधि मार्फत नै परीक्षण गरिरहेको पनि विज्ञप्तीमा दावी गरिएको छ ।
सरकारले खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलााई अनुरोध गरिसकिएको र परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्वन्धित नियायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगको लागि वितरण गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बजारमा अबैध ढंगले र्यापिड कीट भित्र्याई जनमानसलाई भ्रममा पारेर परीक्षण गर्न सुरु भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्यापिड कीटको प्रयोग नगर्न निर्देशन दिएको समेत विज्ञप्तीमा प्रष्ट पारिएको छ ।
