उपचारमा आनाकानी गर्ने अस्पताललाई लाइसेन्स खारेजीसम्मको कारबाही : मुख्यमन्त्री राउत

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणको लागि कडा कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका हुन्।

कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको बेलामा समान्य रुघाखोकीसमेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेलचेक्र्याई गरिरहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूची तयार गरी प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए।

मुख्यमन्त्री राउतले भने ,‘राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्स खारेजी सम्मको कारबाही हुन्छ।’

महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्लास्तरमै गर्न सुझाव दिँदै मुख्यमन्त्री राउतले रकमको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए।

यो पनि पढ्नुहोस  काठमांडुको फाहोर नियमित विसर्जन हुने, स्थानीय बासीनदाको कोरोना परीक्षण समेत हुने

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेका जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राखेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश २ का प्रवक्ता एवं आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादबले प्रदेश २ मा अहोरात्र खटिने पत्रकारहरुको लागिसमेत एउटा प्याकेजको व्यवस्था गर्ने बताए।

बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरु सहितको उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागि जिल्लामा गरेका प्रयासहरु र अगामी दिनमा गर्नुपर्ने योजनाबारे जानकारी गराएका थिए।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  स्थानीय तहसँग कोरोनाबारे समन्वय गर्न सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकियो

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस