चीनमा ४५ जना नयाँ संक्रमित भेटिए, थप पाँच जनाको मृत्यु

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४५ जना नयाँ विरामी फेला परेका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए ।

आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जना विदेशबाट आएका व्यक्ति हुन् ।

शनिबार चीनमा कोरोना भाइरस संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । मृतक सबै हुबेई प्रान्तको वुहान शहरका हुन् ।

गत डिसेम्बरको अन्तिम साता वुहान शहरबाटै कोरोना संक्रमण फैलिन सुरु गरेको थियो । चीनमा हालसम्म ३ हजार ३ सय जनाको मृत्यु कोरोना भाइरसकै कारण भएको छ । अझै ८१ हजार ४ सय ३९ जना संक्रमितको उपचार जारी छ ।

यो पनि पढ्नुहोस  अमेरिका-चीनको व्यापार सम्झौतासँगै एशियाली शेयर बजारमा उछाल

अहिले चीनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ जितिसकेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुहान शहरमा लगाइएका प्रतिबन्धहरु विस्तारै हटाउन थालिएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस