न्यूयोर्कमा क्वारेन्टाइन बनाउने अमेरिकाको तयारी

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि न्यूयोर्कबासीलाई क्वारेन्टाइनमा राख्नेबारे विचार गरिरहेको बताएका छन् ।

संक्रमणको केन्द्र न्यूयोर्कमा भएकाले कम्तिमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राख्नेबारे सोचिरहेको उनले बताएका हुन् । ट्रम्पले पत्रकारहरुसँग भनेका छन्, ‘न्यूयोर्कका अलावा न्यूजर्सी र अन्य केही स्थानलाई पनि क्वारेन्टाइनमा राख्न सकिन्छ । क्वारेन्टाइनमा राख्न जरुरी भइसकेको छ ।’

लकडाउन गर्न न्यूयोर्कका गभर्नर असहमत

न्यूयोर्क राज्यमा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र’ क्योमोले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने राष्ट्रपति ट्रम्पको प्रस्तावमा आफू सहमत रहेको बताएका छन् । तर, लकडाउन गर्न भने नसकिने उनले बताएका छन् ।

सीएनएनसँग कुरा गर्दै उनले ‘न्यूयोर्क त पहिलेदेखि नै लगभग क्वारेन्टाइनमै छ । यहाँ कुनै कार्यक्रमहरु भएका छैनन् । मानिसहरुको भीड पनि जम्मा भएको छैन । यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन रोक लगाइयो भने त्यो लकडाउन हुन्छ । लकडाउन भयो भने हामी पनि चीनको वुहान जस्तो हुन्छौं । त्यसैले लकडाउन गर्नुहुँदैन ।’

यो पनि पढ्नुहोस  चीनको शहरी जनसङ्ख्या ६०.६ प्रतिशत

क्योमोले लकडाउन गर्ने सोच अमेरिका विरोधि र अर्थव्यवस्थामा खतरा भनेका छन् । उनले भनेका छन्, ‘लकडाउन गर्नु युद्धको घोषणा गरेजस्तो हुन्छ । यसमा म सहमत हुँदैन ।’

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले अमेरिकामा तीब्र रुपमा फैलिएको छ । अमेरिकामा हालसम्म एक लाख २३ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ ।

ट्रम्प प्रशासनको सुस्त कार्यशैली र जनताको लापरवाहीका कारण अमेरिकालाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण टाउको दुखाईको विषय बनेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  अमेरिकामा घरमा गएर ठोकियो विमान, १ जनाको मृत्यु

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस