काठमाडौं महानगरपालिकाका सबै स्थानबाट नियमित फोहोर उठाइनेछ : मेयर शाक्य

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौं : काठमाडौं महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहोर व्यवस्थापनको काम भइरहेको जनाएको छ। कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हुँदा फोहोर नउठे पनि आगामी दिनमा नियमित फोहोर संकलन हुने दृढता व्यक्त गरे।

केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहोर नउठेको स्थानीय गुनासो आएपछि प्रमुख शाक्यले आगामी दिनमा कुनै स्थानको फोहोर व्यवस्थापनमा समस्या आए ११८० मा फोन गर्न आग्रह गरे। फोन आएपछि तत्काल कामपाको फोहोर संकलन गर्ने सवारी साधन आउने उनले दावी गरे। फोहोर मात्रै नभई अहिलेको विषम परिस्थितिमा अन्य कुनै समस्या परे पनि आफ्नो सम्बन्धित वडा कार्यालयमा जानकारी गराएर सहजीकरण गर्न उनले सबै नागरिकलाई आग्रह गरे।

विश्वभर फैलिएको कोभिड-१९ को संक्रमण फैलन नदिन सरकारले यही ११ गतेदेखि देशभर लकडाउन गरेको छ। लकडाउनका समयमा दैनिक उपभोग्य वस्तुको कुनै समस्या परे सम्बन्धित वडा कार्यालयलाई सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गरे। उनले दैनिक खाद्य वस्तुको अभाव सिर्जना हुन नदिन पनि कामपाले नियमित अनुगमन गरिरहेको भन्दै कतै कालोबजारी भएको भए खबर गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।

कामपाले कोभिड-१९ थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई पनि तीव्र बनाएको छ। यसक्रममा बिहीवार बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज, वसन्तपुर र यसका आसपास भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो। कामपाका प्रमुख शाक्यका अनुसार बाक्लो बस्ती, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरी पुर्‍याउने रणनीतिका आधारमा काम भइरहेको बताए।

यो पनि पढ्नुहोस  धनुषामा घरेलु मदिरा सेवनका कारण ५ जनाको मृत्यु,बिरामीको जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार हुदै

सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले औषधि छर्न शुरु गरेको हो। कामपाका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ। मानिसको भिडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका स्थान असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा औषधि छर्कने कार्यको सुरुवात भएको हो।

कामपाले अहिले दैनिक चार हजार लिटर क्षमताका दश ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार ट्याङ्कर थप गर्न सकिने सापकोटाले बताए। प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताए।

यससँगै कामपाले ब्रुमरले सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको छ। आवश्यक पर्दाका समयमा खबर गर्नका लागि कामपाका सबै वडाध्यक्षको फोन नम्बर सार्वजनिक गरिएको छ।

यो पनि पढ्नुहोस  कांग्रेस कार्यकर्ताले भत्काइदिए नेपाली भूमिमा गाडेको सीमास्तम्भ

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस