कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । भारतले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ ।

भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार छ ।’

छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने उनले उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकार गरे ।

तर नेपाललाई अहिले आरआरटीभन्दा पनि उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको बताएका छन् । उनले अनलानखबरसँग भने, ‘सहयोग प्रस्ताव आएको छ र हामी कुरा गर्दैछौं । हामीले स्वास्थ्य सामग्रीमा जोड दिएका छौं ।’

यो पनि पढ्नुहोस  नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वाट्रा नियुक्त

अहिले नेपालमा संक्रमितहरुको स्क्रिनिङ गर्ने क्रममै रहेकाले उपचारको टिमभन्दा पनि अत्यावश्यक सुरक्षा सामाग्री र उपकरणहरु आवश्यक रहेको सरकारले बताएको छ । त्यसका लागि आजै नेपाल वायु सेवा निगमको एउटा विमान चीन जाँदैछ ।

नेपाली सेनाका एक उच्च अधिकृतले पनि अहिले नेपालको स्थिति नियन्त्रणमै रहेको बताउँदै भारतबाट टोली आवश्यक नभएको बताएका छन् । उनले भने, ‘अहिलेको स्थितिलाई नियन्त्रणमा लिन हामी आफैं तयार छौं, आवश्यक सबै पूर्वतयारीहरु गरिएका छन् ।’

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस