मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी आज चीन जाँदै

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ ।

ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ ।

कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्रीहरु ल्याउने छ ।

यसअघि चीनमा कोरोना संक्रमण फैलिँदै गएपछि वुहान शहरमा बसोबास गर्ने नेपालीहरुलाई पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।

पर्यटक उद्धार गर्न लुक्ला र कोरोनाको नमूना लिन नेपालगञ्ज जाने

यसैबीच नेपाल एयरलाइन्सको ट्विनअटर विमानले लुक्लामा शनिबार ५ उडान गर्दैछ । लुक्लामा अलपत्र बिदेशी पर्यटकको उद्धार गर्न यो उडान हुन लागेको हो । दुई वटा ट्विनअटर जहाजले लुक्लामा ५ वटा उडान गर्न लागेका नेपाल एयरलाइन्सले जनाएको छ ।

यो पनि पढ्नुहोस  अस्ट्रेलियामा रहेका नेपालीबारे राष्ट्रपति भण्डारीको चासो

लुक्लाबाट पर्यटकहरुलाई लिन सीता एयरले पनि उडान अनुमति पाएको छ । यसैगरी श्री एयरलाइन्सको हवाईजहाज पोखरामा रहेका पर्यटकहरु लिन जाने छ ।

यसैगरी सुदूर तथा मध्यपश्चिम क्षेत्रमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज शनिबार नेपालगन्ज जाँदै छ ।

स्वास्थ्य मन्त्रालयको चार्टर्डको रुपमा नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगञ्ज जाने छ ।  जहाजले कोरोना शंकास्पद विरामीबाट संकलन गरिएका खकारको नमूना मात्रै लिएर काठमाडौं फर्किने छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  आजबाट लामो दूरीका यातायात सेवा बन्द

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस