पर्सा राष्ट्रिय निकुञ्जमा सेना-शिकारीबीच गोली हानाहान, एक जनाको मृत्यु

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जमा शुक्रवार विहान साढे ९ बजे भएको गोली हानाहानमा परी मकवानपुर, हेटौडा नगरपालिका पदमपोखरीका भीमलाल मोक्तानको मृत्यु भएको छ । शिकारी समूहमध्येको अन्दाजी ३५ वर्षीय मोक्तानको नेपाली सेनाको गोली लागेर मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले उनको मृत्यु भएको पुष्टि गरे। वन्यजन्तुको चोरी शिकार गर्न करिब ११ जनाको शिकारीहरुको टोलीले नेपाली सेनालाई देखेर गोली चलाएको थियो।

त्यसकैको जवाफी फायरिङमा निकुञ्जको सुरक्षार्थ खटेका नेपाली सेनाको गोली लागेर उनको मृत्यु भएको र पोष्टमार्टमको लागि शव अस्पताल पठाइएको उनले बताए। सेनाको टोलीले शिकारीको आशंकामा मकवानपुरकै मोहनसिंह दोङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि पढ्नुहोस  प्रश्नबाट दिक्कदार खरिपाटीबासी

निकुञ्जको कोर एरिया मानिने महादेव खोला नजिकमा शिकारी र सेना वीच गोली हानाहान भएको निकुञ्ज प्रशासनले जनाएको छ। सेनाले वन्यजन्तु मार्न प्रयोग गरिने २ वटा बन्दुक, बारुद, धारिलो हतियार बरामद गरेको छ भने
अन्य शिकारी समुह फरार भएको छ। कोरोनाको महामारी फैलिरहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी बढ्ने अशंकासहित निकुञ्ज प्रशासनले कडाई गरेको जनाएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो, इटालीमा २४ घण्टामै ७९३ काे मृत्यु

यो पनि पढ्नुहोस