भारतबाट फर्किएका धादिङका १६ जना गल्छी क्वारेन्टाईन भर्ना

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

-विवेक अर्याल/धादिङ

धादिङ। भारतवाट फर्किएका धादिङको गल्छी गाँउपालिका स्थित् गोगनपानीका १६ युवाहरुलाई गल्छी बैरेनीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ । भारतवाट फर्किएका मध्यको १ जनालाई ज्वरो आएपछि १६ जनालाईनै क्वारेन्टाईनमा राखिएको गल्छी गाउँपालिकाको स्वास्थ्य प्रमुख राम प्रसाद ज्ञवालीले बताए । स्वास्थ्य प्रमुख ज्ञवालीका अनुसार उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिने छ ।

यदी ज्वरो आएको ब्यक्ती तथा अन्य ब्यक्तीमा जटिल समस्या देखिए काठमाण्डौ लैजाने ब्यबस्था मिलाईएको समेत स्वास्थ्य प्रमुख ज्ञवालीले बताए । यता क्वारेन्टाईनमा राखिएकाहरुलाई खाना र खाजा लगायतकोे व्यवस्था गाउँपालिकालनैे गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए ।

यस अघीनै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैरेनी स्थित् बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो । उनिहरुलाई सोही कक्षमा राखिएको समेत अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए ।

खुल्लामञ्चमै टेन्ट राखेर क्वारेन्टाइन

जिल्ला सदरमुकाम धादिङबेसीमा खुल्ला मञ्चमै टेन्ट राखेर थप क्वारेन्टाइनको व्यवस्था गरिएको छ । कोरोना भाइरसका शंकास्पद व्यक्तिलाई राख्नका लागी खुल्ला मञ्चमा ४० ओटा टेन्ट राखेर क्वारेन्टाइन बनाइएको हो । जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइमा क्वारेन्टाइन तयार गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ. अस्मान तामाङले बताए ।

यो पनि पढ्नुहोस  चितवनमा ७२ घण्टामा तयार भयो ५० शैयाको अस्पताल

१सय टेन्ट व्यवस्था गर्ने योजना रहेपनि त्यतिको संख्यामा टेन्ट पाउन नसक्दा ४० ओटा टेन्टमा क्वारेन्टाइन व्यवस्था मिलाइएको समेत प्रजिअ. तामाङले बताए । उपलव्ध भएको ६० ओटा टेन्ट मध्ये ४० ओटा टेन्ट खुल्ला मञ्चमा तयारी अबस्थामा राखिएको छ भने २० ओटा टेन्ट आपतकालिन अवस्थामा जहाँसुकै राख्न सकिनेगरी व्यवस्था मिलाइएको तामाङले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै व्यवस्थापन गरेको पनि प्रजिअ तामाङ बताए । सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न स्थानिय तहसंग छलफल गरी धादिङका विभिन्न स्थानमा क्वारेन्टाइन समेत बनाएको प्रजिअ तामाङ बताए ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  उदयपुरमा थप एक महिलामा देखियो कोरोना, संक्रमित संख्या ४३ पुग्यो

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस