कोरोना प्रकोप : ४ लाख बढी स‌ंक्रमित, करिब १९ हजारको मृत्यु

इटालीमा मात्रै ६,८२० को मृत्यु

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

रोम। कोरोना भाइरस(कोभिड–१९ं को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को संक्रमणबाट ७ सय ४३ जनाको मृत्यु भएको छ ।

यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो। सोमबार भने इटालीमा ६ सय २ जनाको मृत्यु भएको थियो। बुधबार बिहानसम्म इटालीका कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् । इटालीमा करिब ८ हजार संक्रमित निको भएका छन्।

त्यस्तै स्पेनमा पनि मंगलबार मात्रै थप ५ सयभन्दा बढीको मृत्यु भएको छ। बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या २ हजार ९ सय ९१ पुगेको छ। स्पेनमा संक्रमितको संख्या ४२ हजार ५८ रहेको छ भने ३ हजार ७ सयभन्दा बढी निको भएका छन्।

यो पनि पढ्नुहोस  लकडाउन उल्लंघन गरे ६ महिना कैद हुन सक्ने

त्यस्तै संक्रमणको हिसाबले चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको अमेरिकामा बुधबार बिहानसम्म ७ सय ८२ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५४ हजार ८ सय ६७ पुगेको छ।

चीनमा भने पछिल्लो समय कोभिड–१९ को प्रकोप कम हुँदै गइरहेको छ। मंगलबार चीनमा थप ४ जनाको मात्रै मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यस्तै मंगलबार थप ४७ जनामा भाइरसको संक्रमण देखिएको छ।

बुधबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८१ पुगेको छ। ८१ हजार २ सय १८ मध्ये ७३ हजार ६ सय ५० जना निको भएको पनि आयोगले जानकारी दिएको छ। गत डिसेम्बरमा चीनकाे वुहानबाट सुरु भएकाे काेभिड-१९ का कारण अहिलेसम्म १८ हजार ९ सय ७ जनाको मृत्यु भइसकेकाे छ। त्यस्तै ४ लाख २२ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन्।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  मन्त्रि परिसषद बैठकको निर्णय, सबै सीमा नाका ठप्प

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस