गौरीफन्टामा अलपत्र परेका ९१४ जनालाई २८ घण्टापछि उद्धार

घरमै क्वारेन्टाइनमा बस्ने सर्तसहित घर पठाइयो

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

धनगढी । भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई करिब २८ घण्टापछि कैलाली प्रवेश गर्न दिइएको छ ।

नेपालमा गरिएको लकडाउनका कारण सोमबारदेखि नै सीमामा रोकिएका १९ जिल्लाका ९ सय १४ जनालाई मंगलबार राति करिब १० बजे कैलाली प्रवेश गर्न दिइएको हो । घण्टौंसम्म नाकामा अलपत्र परेकाहरुले नेपाल प्रवेश गर्न दिनुपर्ने माग गर्दै प्रदर्शनसमेत गरेका थिए ।

संघीय सरकारको निर्देशनपछि घरमै क्वारेन्टाइनमा बस्ने सर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ । त्रिनगर भन्सार भएर नेपाल प्रवेश गरेका उनीहरुलाई प्रदेश सरकारको समन्वयमा बसमा राखेर घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।

उनीहरुलाई उनीहरुकै जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यवस्थासहित घर जान दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । क्वारेन्टाइन स्थापनाका लागि स्थानीय तहहरुलाई प्रदेश सरकारले बजेटको व्यवस्थासमेत गरिदिएको छ ।

यो पनि पढ्नुहोस  कांग्रेस कार्यकर्ताले भत्काइदिए नेपाली भूमिमा गाडेको सीमास्तम्भ

कोरोना संक्रमण फैलिँदै गएको भारतबाट नेपालीहरु बिभिन्न नाका हुँदै धमाधम नेपाल भित्रिइरहेका छन् । यसले नेपालमा पनि कोरोनाको संक्रमण फैलिने जोखिम बढेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस