खाना पकाउने ग्यास बुधबारदेखि पर्याप्त

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्न नेपाल आयल निगमले वितरण प्रणाली बनाउँदै छ । विशेषगरी ग्यास सिलिण्डर कसरी उपभोक्ताकोमा पु¥याउने भनेर वितरण प्रणाली तयार गर्न लागिएको निगमले जनाएको छ ।


यो अवधिभर कसैलाई ग्यास आवश्यक भए के कसरी प्राप्त गर्ने भन्ने कार्यविधि बनाएर बुधबार जारी गरिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लकडाउनको अवस्थामा उपभोक्ताले ग्यास, पेट्रोल तथा डिजेल कसरी पाउने भन्नेबारेमा हामी मङ्गलबार रातिसम्म निर्णय गर्छौं, लकडाउनको अवधिमा हामीले वितरण प्रणाली मिलाउँछौँ, समस्या हुँदैन ।”


उहाँका अनुसार मङ्गलबार पनि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको छ । अधिकांशको घरमा ग्यास रहेको तर कसैको घरमा एउटा मात्र सिलिन्डर हुनेकोमा आवश्यक भए उपलब्ध गराउने गरी व्यवस्था मिलाउन लागिएको पौडेलको भनाइ छ । मङ्गलबार पनि पेट्रोलियम पदार्थको आयात भएको निगमले जनाएको छ ।

\
ग्यास व्यवसायीहरूले मङ्गलबारदेखि ग्यास भण्डारणलाई तीव्र बनाएका छन् । फागुन १० गतेसम्म रिटेल काउन्टर सञ्चालन गरेर ग्यास वितरण गरेका व्यवसायीले लकडाउन सुरु भएपछि भण्डारणलाई तीव्र बनाएको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस  कोरोना भाइरसविरुद्धको खोप मानिसमा पहिलो पटक परीक्षण गरिँदै


भण्डारीले भन्नुभयो, “अहिले भारतबाट ग्यास ल्याएर स्टोर मेन्टेन गरेका छौँ, मङ्गलबार पनि केही बुलेट आएका छन्, अधिकांशको घरमा ग्यास छ यतिबेला तर एकाध कसैकोमा सकियो भने कसरी वितरण गर्ने भन्नेबारेमा वितरण प्रणाली बनाउछौँ तर आजको भोलि ग्यास सकिने अवस्थामा कोही छजस्तो लाग्दैन, भण्डारण गरेर राखियो भने वितरण सहज हुनेछ ।”


सङ्घका अनुसार १२ हजार मेट्रिक टन उद्योगमा भण्डार गर्न सकिन्छ भने १२ हजार मेट्रिक टन सिलिन्डरमा भण्डारण गर्न सकिनेछ । कोरोना भाइरसको त्रासले बजारमा अभाव हुन्छ कि भनेर अत्यधिक ग्यास वितरण भइरसकेको र त्यो मागभन्दा बढी नै वितरण भएकाले समस्या नहुने सङ्घले जनाएको छ ।


कोरोना भाइरसको त्रासले खल्बलिएको एलपी ग्यास वितरण प्रणाली आइतबार र सोमबार उपत्यकाको २२ स्थानमा रिटेल काउन्टर सञ्चालन गरेर वितरण गरेर पनि सहज भएको थियो । मागभन्दा बढी आपूर्ति हुँदा पनि बजारमा अभाव देखिएपछि रिटेल काउन्टरबाट पनि वितरण गरिएको थियो । 

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  कोरोनाको कहर : ७ देशमा मात्रै झण्डै ३० हजारको मृत्यु, ५ लाख संक्रमित

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस