अनलाइनबाटै विद्युत् महसुल भुक्तानी गर्न अपिल

600
शेयर

पढ्ने समय: 3 मिनेट/-

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न ग्राहकलाई अपिल गरेको छ । यसरी भुक्तान गर्न नसकेको अवस्थामा थप जरिवाना वा सेवा अवरुद्ध नगरिनेसमेत निर्णय गरिएको छ ।


महसुल काउन्टरमा हुने भीडभाडका कारण सङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । महसुल काउन्टरमा भीडभाड हुने भएकाले कोभिड–१९ को सङ्क्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्राहकमा अपिल गर्दछु, मन्त्री पुनले इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध गरिने छैन र जरिवाना पनि लिइने छैन भन्नुभयो ।

विद्युत्का कर्मचारी आइसोलेसनमा
प्राधिकरणका अति संवेदनशील मानिने नो लाइट र भार सम्प्रेषण केन्द्र (एलडीसी)का कर्मचारीलाई सङ्क्रमणको जोखिम रहने अवधिसम्म कार्यालयमा आइसोलेसनमा राखिने भएको छ । नो लाइट र एलडीसीमा सीमित प्राविधिकका भरमा काम गर्नुपर्ने अवस्था छ, मन्त्री पुनले ती कर्मचारी कार्यालय आउजाउ गर्दा सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुग्न सक्ने भएकाले कार्यालयमै आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ भन्नुभयो ।


त्यस्तै बिहान र बेलुका अनिवार्य हाजिरीको व्यवस्था गर्न प्राधिकरणका सबै उत्पादन र वितरण केन्द्रका कार्यालय प्रमुखलाई निर्देशन जारी गरिएको छ । सरकारले विद्युत्लाई अत्यावश्यक सेवामा राखेकाले कर्मचारीलाई बिदा नदिने निर्णय गरिएको मन्त्री पुनले जानकारी दिनुभयो । यस्तै बैठकले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बिदा नदिने पनि निर्णय गरेको छ ।
मन्त्री पुनकै उपस्थितिमा सोमबारै मन्त्रालयका मन्त्रालय तथा मातहतका उच्च अधिकारीको बैठकले मन्त्रिपरिषद् र कोरोना नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकको निर्णय र निर्देशनानुसार अत्यावश्यक सेवा सुचारु राख्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस  जरुरीबाहेक हिँडडुलमा रोक,राजधानी सुनसान


बैठकले जल तथा मौसम विभाग, नेपाल विद्युत् प्राधिकरणले प्रवाह गर्दै आएका सेवामा कटौती नगर्ने तथा जलविद्युत् र सिँचाइका निर्माणाधीन आयोजनाका काम नरोक्ने निर्णयसमेत गरेको छ । निर्माण सेवाका कर्मचारीलाई आइसोेलेसनमा राखेर काम लगाउने पनि मन्त्रालयले निर्णय गरेको छ तर सेवा सुचारु गर्दा सुरक्षासम्बन्धी आवश्यक सतर्कता अपनाउन मातहत निकायलाई निर्देशन जारी गरिने छ ।

कर्मचारीका लागि गाडीको व्यवस्था
मन्त्रालयले सार्वजनिक सवारी साधनमार्फत कार्यालय आउजाउ गर्ने कर्मचारीका लागि मङ्गलबारदेखि नै छुट्टै सवारी साधनको व्यवस्था मिलाउने भएको छ । मन्त्री पुनले कार्यालयमा भएका गाडी कर्मचारीका लागि प्रयोग गर्न तथा अपुग भए अत्यावश्यक सेवा सञ्चालनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयसँग नबाझिने गरी न्यूनतम खर्चमा सवारी साधन भाडामा लिन आग्रह गर्नुभयो ।

एउटा एसएमएसको भरमा आउनुपर्छ
मन्त्री पुनले सरकारले अत्यावश्यक सेवाका कर्मचारीलाई बिदा नदिएको स्पष्ट गर्नुभयो तर अत्यावश्यकबाहेकका कर्मचारीले कामको प्रकृतिका आधारमा घरमै बसेर पनि कार्यसम्पादन गर्न सक्ने स्पष्ट गर्नुभयो । मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई बिदा दिएको छैन । आलोपालो काम गर्न सकिन्छ । आवश्यक परेको बेला एउटा एसएमएसको भरमा उपस्थित हुन र एउटा एसएमएसकै भरमा घर जानुपर्ने हुन्छ, मन्त्री पुनले भन्नुभयो ।  

यो पनि पढ्नुहोस  स्वास्थ्य उपकरण लिएर गएको स्काई ट्रक बीच बाटोबाटै फर्कियो

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस