विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या तीब्ररुपमा बढ्दै, १५ हजार बढीले ज्यान गुमाए

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमान्डौ। कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार अपरान्हसम्ममा १५ हजार ३ सय बढीको ज्यान गएको हो ।

जसमा इटालीमा सबैभन्दा बढी ५ हजार ४७६ जनाको ज्यान गएको छ । इटालीमा ५९ हजार १३८ जनामा संक्रमण भेटिएको छ । जसमध्ये ७ हजार २४ जना निको भएर घर फर्किसकेकाको तथ्याङ्कले देखाएको छ । त्यसैगरी चीनमा ३ हजार २७० जनाको ज्यान गएको छ । यहाँ ८१ हजार ९३ जनामा संक्रमाण देखिएकोमा ७२ हजार ७०३ जना निको भएर घर फर्किसकेको छन् ।

त्यस्तैगरी स्पेनमा २ हजार १८२ जनाको ज्यान गएको छ । ३३ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा ३ हजार ३५५ जना निको भएर घर फर्किसकेका छन् । इरानमा पनि कोरोना भाइरसका कारण १ हजार ८१२ जनाको ज्यान गएको छ ।

यो पनि पढ्नुहोस  उपत्यकामा १२० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने निर्णय

इरानमा २३ हजार ४९ जनामा कोरोनाको संक्रमण भेटिएको थियो । जसमा ८ हजार ३७६ जना निको भएर घर पर्किसकेका छन् । विश्वका २ सयभन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वभरका झण्डै साढे तीन लाख मानिसमा भेटिएको छ ।

नेपालमा पनि दुईजनामा कोरोना संक्रमित भेटिएको पुष्टि भइसकेको छ । फ्रान्सबाट आएको एक नेपाली युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको आइतबार पुष्टि भएको थियो । उनी हाल क्वारेन्टाइनमै उपचाररत छिन् । यसअघि चीनमा अध्यायन गरेर नेपाल आएका एक युवामा कोरोना संक्रमण भेटिएको थियो । उनी निको भएर घर फर्किसेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  उपत्यकामा १२० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने निर्णय

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस