मिर्गौला प्रत्यारोपणपछि ओलीद्वारा पहिलोपटक मन्त्रिपरिषद बैठकको आह्वान

कोरोना लक्षित थप निर्णय हुन सक्ने

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमान्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाँक्नुभएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट नेपाल पनि अछुतो नरहेको यस समयमा सरकारले विभिन्न प्रतिबन्धात्मक नियमहरु लागू गरिसकेको छ ।

यसअघि फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । त्यसपछि आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

हाल समितिले कोरोना रोकथामका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । आज बस्न लागेको मन्त्रिपरिषद बैठकले हालसम्म सो समितिमार्फत भएका कामहरुको समीक्षा हुने र कोरोना लक्षित थप निर्णयहरु हुन सक्ने बताइएको छ।

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक उहाँले आजै मन्त्रिपरिषद बैठक डाँक्नुभएकाे हाे ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस