कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

कैलाली : कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। तामा जस्तो देखिने अज्ञात वस्तु विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो। विस्फोटमा परी गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीका अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घर नजिकैको जङ्गलमा दाउरा खोज्न गएका विकले आज बिहान तामा जस्तो देखिने अज्ञात बस्तु भेटाएका थिए।

उक्त भेटिएको बस्तु के रहेछ भनी घर आएर आगोमा पगाल्न खोज्दा विस्फोट भएको र विकको मृत्यु भएको उनले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीको टोली पठाइएको र घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने उनको भनाई छ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस