भारतमा १४ घण्टा लामो ‘जनता कर्फ्यु’

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

बिबिसी । भारतमा कोरोनाभाइरसको महामारीविरुद्धको लडाईँ जित्ने प्रयासमा एक अर्बभन्दा बढी मानिसलाई १४ घण्टा लामो ‘कर्फ्यु’को पालना गर्न भनिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता नै आजको कर्फ्यु घोषणा गर्दै त्यो भाइरसविरुद्ध लड्ने भारतीय क्षमताको परीक्षण हुने बताएका थिए। मोदीले नागरिकहरूलाई आइतवार बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म घरभित्रै बस्न आग्रह गरेका छन । भारतमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमितको सङख्या ३२४ पुगेको छ।

मोदीले ट्विटरमा आफ्ना फलोअरहरूलाई भनेका छन्, “आउनुहोस् हामी सबै कर्फ्युको अंश बनौँ जसले कोभिड- १९ विरुद्धको लडाईँका लागि अथाह शक्ति दिनेछ। अहिले हामीले चाल्ने पाइलाले आगामी दिनमा सहयोग पुर्‍याउनेछ।”

याससगै मुम्बइ र अन्यत्र पनि यातायात प्रभावित भएको छ। कुनै पनि लामो दूरीका र शहरमा चल्ने रेल सेवा बन्द छन्। तर कर्फ्यु अगाडि नै आफ्नो गन्तब्यका लागि हिँडेका रेल भने रोकिने छैनन्। देशका विभिन्न शहरबाट प्राप्त तस्बिरहरूमा बजार सुनसान र सडक रित्ता देखिन्छन्।

दिल्लीमा अति आवश्यक सामग्री बेच्ने पसल र औषधीपसल बाहेक अरू सबै पसल बन्द छन्। कर्फ्युका कारण धार्मिक स्थलहरूका कार्यक्रमहरू रद्द गरिएका छन्। मोदीले आइतवार साँझ पाँच बजे बाल्कोनी या झ्याल छेउ उभिएर ताली बजाएर या ढोकाका घण्टी बजाएर स्वास्थ्यकर्मी र सफाइ कर्मचारीहरूप्रति आभार व्यक्त गर्न अनुरोध गरेका छन्।

यो पनि पढ्नुहोस  कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव

भारतका कैयौँ ठाउँहरू बन्द गरिएका छन्। कोलकाता लगायतका शहरहरूमा मानिसले कर्फ्यु आदेश पालना गरेका छन्। जस्थानमा मार्च ३१ सम्म बन्द आह्वान गरिएको छ। गुजरातका चार शहरमा २५ मार्चसम्म त्यस्तै बन्दको आह्वान गरिएको छ।

भारतले यूके र सबैजसो युरोपेली मुलुकबाट आउने हवाइ उडान रोक्दै सबैलाई भारत प्रवेशमा प्रतिबन्ध लगाएको छ। उसले अरू देशबाट भारत जान लिइएका सबैजसोका प्रवेशाज्ञा दिन पनि रोकेको छ।

ठूलो सङ्ख्यामा मानिसहरूको जमघट रोक्न भन्दै प्रख्यात भारतीय स्थानहरू जस्तो कि दिल्लीस्थित लाल किल्ला पनि बन्द गरिएको छ। ताल महल पनि गत मङ्गलवारदेखि बन्द छ। त्यस्तै १४० वटा अरू प्रख्यात स्थान र सङ्ग्रहालयहरू पनि बन्द गरिएका छन्।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  कोरोना संक्रमणबाट जोगिन धादिङमा उच्च सतर्कता

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस